बिहीबार, फागुन ८ २०७६
काठमाडौं ०२:००
वासिङटन डिसी 15:15

एनआरएनए बिश्वका युवा तथा खेलकुद उप संयोजक बिक्रम घिमिरे युएनको अन्तर्राष्ट्रिय शिक्षा दिवसमा सहभागी हुने

विजय थापा २०७६ माघ ७ गते २:११ मा प्रकाशित

डिसी । अमेरिकाको केन्टकीमा बस्दै आएका एनआरएनए बिश्वका युवा तथा खेलकुद उप संयोजक बिक्रम घिमिरे सयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय शिक्षा दिवसमा सहभागी हुने भएका छन् ।

उनि युएनको अन्तर्राष्ट्रिय शिक्षा दिवसमा आयोजना हुने उच्च स्तर अन्तरक्रियात्मक संवाद कार्यक्रममा भाग लिन जान लागेका हुन् । सयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युयोर्कमा जनवरी २४ ,२०२० मा हुने कार्यक्रममा उनि जाने भए पछि निकै हर्षित भएका छन् ।

उनले यो निकै आफूलाई ठूलो अवसर प्राप्त भएको भन्दै उक्त अन्तरक्रियात्मक कार्यक्रममा प्रतिनिधित्व गर्नु र आफ्नो नाम उक्त संवाद कार्यक्रममा स्वीकार भएकोमा गर्व लागेको ईनेप्लिजलाई बताए ।

घिमिरे हाल गैर आवासीय नेपाली संघ अमेरिकाको बिज्ञान प्रविधि तथा नवीनता समितिमा समेत रहेका छन् । नेपाल गोर्खा घर भएका घिमिरे पहिला न्युयोर्कमा बसोबास गर्थे भने हाल केन्टकीमा परिवार साथ बसोबास गर्छन ।

सूचना प्रविधिमा संलग्न रहेका घिमिरे अमेरिकाका विभिन्न संघ/संस्था संग आबद्ध रहेका छन् । उनि एमाजोनका पूर्व सूचना प्राविधिक पनि हुन् भने साईटेक्स बिजिनेस सोलुसन इङ्कका पूर्व आकडा संचय प्रशासक पनि हुन् ।

मिस नेपाल युएसए २०१९ र छैठौ मिस नेपाल युएसए ,ग्लोबल नेपाली फिल्म अवार्ड लगायत नेपालमा हुँदा अन्तररास्ट्रीय गैर मुनाफा सामाजिक संस्थामा समेत काम गरेका छन् ।

प्रतिक्रिया