लक्ष्मी काण्ड : बाबा र दाई नभएको बेला अंकल घरमा आउनुहुन्थ्यो, कान्छो छोराले भने के के हुन्थ्यो भनेर

इनेप्लिज २०७६ माघ ६ गते १२:२६ मा प्रकाशित

 

बाग्लुङ घर भइ हाल पोखरा घारीपाटन बस्दै आएकी एक महिला गएको सोमबारदेखि बेखबर बनेकी छन् । पोखरा महानगरपालिका वडा नं -१७ घारिपाटनमा दुई छोराहरुलाई पढाउन बसेकी लक्ष्मी परियार गएको सोमबारदेखि सम्पर्क बिहिन रहेको उनका परिवारले बताएका छन् ।

लक्ष्मीका श्रीमान् दलबहादुर परियार विदेशमा रहेका छन् । उक्त दिन दुई छोराहरुसंग खाल्टेमसिनामा रहेका आफन्तकोमा जान भनि निस्किएकोमा ‘आज तिमीहरु जाओ,म भोली बिहानै आउंछु’ भनि खाल्टेमसिना जाने माइक्रोबसमा चढाएको छोराहरुलाई उद्दृत गर्दै  परियारले जानकारी दिएका छन् ।

दुई छोरा मध्ये एक जना ११ बर्ष र अर्का अन्दाजी ६  बर्षका छन् ।

प्रतिक्रिया