आइतबार, चैत १६ २०७६
काठमाडौं ०५:४६
वासिङटन डिसी 20:01

अमेरिकाको हवाईमा बन्दुकधारी द्वारा दुई प्रहरी मारिए

इनेप्लिज २०७६ माघ ६ गते १२:०३ मा प्रकाशित

अमेरिकाको हवाईमा बन्दुकधारी द्वारा दुई प्रहरी मारिएका छन् । उक्त बन्दुकधारीले कम्तिमा ७ वटा घरमा आगो लगाएका छन् । गत आइतबार जनवरी १९ का दिन उक्त घटना भएको हवाईको राजधानी होनोलुलुका प्रहरीले जनाएका छन् ।

होनोलुलु चिडियाखाना र डायमण्ड हेड स्टेट स्मारक बीच रहेको वाइकिकि समुद्र किनारको छेउमा रहेको एउटा घरमा छुरा प्रहारको आवाज आएको कुरा सुनेपछि अधिकारीहरूले गोलीबारी भएको स्थान पुगेका थिए ।

बन्दुकधारीलाई घरधनीले उनलाई बाहिर निकाल्ने कोसिस गरे पछि घरमालिकलाई पहिले छुरा प्रहार गरेका थिए । उक्त बन्दुकधारीले प्रहरी अधिकारीहरूलाई गोली हाने र घरमा आगो लगाइदिएका थिए ।

उक्त गोली प्रहार बाट मृत्यु हुने प्रहरीहरुमा एक पुरुष र एक महिला प्रहरी रहेका छन् । एक प्रहरी ७ बर्ष काम गरेका थिए भने अर्का प्रहरी ९ बर्ष प्रहरीमा जागिर खाएका थिए । उनीहरूको हत्यामा संलग्न संदिग्ध व्यक्ति र अन्य दुई महिला बेपत्ता रहेको प्रहरी प्रमुखले भने। प्रहरीलाई बिहान ९ बजे तिर एक महिलाले उनलाई सहायता चाहिएको भनि खबर गरेकी थिइन् ।

उक्त महिलालाई अस्पतालमा लागिएको र अधिकारीले खुट्टामा एउटा छुरा लागेको बताए । दुई अतिरिक्त प्रहरी अधिकारीहरू घटनास्थलमा आइपुगे प्रहरी प्रमुख बलार्डले भने। ती तीन जना अधिकारी घरको बाटोमा (ड्राइभवे)मा हिंड्दै गर्दा जेरी हेनेल नामक संदिग्ध व्यक्तिले गोली हानेका थिए । हेनेलले पहिले एनरिकेसलाई गोली हान्यो र अन्य दुई अफिसरले त्यसको संरक्षण गरेका थिए । त्यस पछि सहायताका लागि थप प्रहरीहरु आइपुगे र हानेलले अधिकारीहरूको दोस्रो समूहमा गोली हान्यो, र उक्त गोली प्रहरी कालामा लाई लाग्यो भनि प्रहरीले जानकारी दिएका छन् ।

अझ सम्म पनि कुन बन्दुक उक्त व्यक्तिले चलाएका थिए र उक्त बन्दुक राख्ने उनीलाई अनुमति सम्म नभएको अधिकारीले बताए । प्रहरीले हानललाई व्यापक खोजि रहेको बताउदै ज्यादै दुखदायी घटना भनेका छन् ।

श्रोत :सिएनएन ,तस्बिर :एपी

प्रतिक्रिया