मोडल सुपर स्टार सिजन टु सम्पन्न

इनेप्लिज २०७६ माघ ६ गते ११:४६ मा प्रकाशित

सौन्दर्य प्रतियोगिता ‘मोडल सुपर स्टार’ सम्पन्न भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमबीच मोडल सुपर स्टारको दोस्रो संस्करण सम्पन्न भएको हो ।

३२ जना अन्तिम प्रतिस्प्रधि रहेको प्रतियोगितामा मिष्टर मोडल सुपर स्टार रवीन घिसिङ भएका छन् भने मिस मोडल सुपर स्टारमा सजना पन्त भएकी छन् ।

यस्तै प्रतियोगितामा पपुलर च्वाइस युवामा सुजन बस्नेत र युवतिमा आकृति सुवेदी भएका छन् । यसैगरी अर्गेनाइजर च्वाइसमा युवातर्फ आशिष शाक्य र प्रशान्त शाह भएका छन् भने युवतीतर्फ श्रृजना बस्नेत, सजिना सुब्बा र इच्छा अधिकारी भएका छन् ।

यी विजेता प्रतियोगिले भारतको मुम्बइमा हुने मोडल सुपर स्टारमा भाग लिने आयोजक संस्थाकी प्रमिला सिलवालले बताइन ।

प्रतियोगिताको कोरियाग्राफी रोजिन शाक्य रहेका थिए । कार्यक्रममा कमल खत्री, रेखा शाह, अञ्जना राई र दिपिका थापाले गीत सङ्गीत प्रस्तुत गरेका थिए ।

यो प्रतियोगिताका विजेताले फेबुअरी १४मा मुम्बईमा हुने प्रतियोगितामा भाग लिने छन् र उनीहरुले त्यहाँ उपाधि जित्ने आफूले आशा लिएको आयोजक संस्थाका निर्देशक रमेश शाहीले बताए ।

प्रतिक्रिया