रविले त सफाई पाए,जयद्रथहरु काँप्दै होलान्

अनिल खरेल २०७६ माघ ५ गते १८:४५ मा प्रकाशित

अनिल खरेल ,सिंगो राज्यसत्ताको मिलेमतोमा अनेक जाल, झेल र प्रपञ्च रच्दा पनि पत्रकार शालिकराम पुडासैनीको रस्यमय निधन (हत्या वा आत्महत्या) दुरुत्साहनको आरोपबाट ढिलै भएपनि रवि लामिछाने सहितकाले सम्मानित चितवन जिल्ला अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको एकल इजलासले माघ ५ गते आइतवार सो फैसला गरेको हो । साउन २० गते चितवनमा भएको पत्रकार पुडासैनीको रहस्यमय निधन सम्बन्धमा त्यस्को १० दिनपछि साउन ३० गते मध्यरातमा कार्यक्रम कार्यकक्षबाट नै प्रहरीले रवि लामिछाने सहितकालाई छापामार शैलीमा नियन्त्रण लिएर न्यायिक हिरासतमा राखी अभियोग पत्र दर्ता गरेको थियो । न्यायिक हिरासतमा लिएको १० दिनपछि अर्थात् भदौ ९ गते रवि लामिछाने ५ लाख र युवराजलाई ३ लाख रुपैया धरौटीमा रिहा भएका थिए । उनीविरुद्ध भदौ ८ गते ५ वर्ष जेल सजाय र ५० हजार जरिवानाको माग गरि मुद्दा दर्ता गरिएको थियो ।

पछिल्लो समयमा एनसेल लगायतका मुद्दामा न्यायालयप्रति जनताको आशा भरोसा टुट्न लागेको अवस्थामा न्यायाधीश हेमन्त रावलको सो फैसलाका कारण नेपालमा न्यायालयप्रति जनताको आशा र भरोसा झन मजबुत भएको छ । ढिलै भएपनि जित सत्यको भएको छ । बधाई छ रवि लगायतका टिमलाई ।

यो जितसंगै रविमाथि झन जिम्मेवार बढेको छ ।

यो जितसंगै रविमाथि झन जिम्मेवार बढेको छ

उनको प्रमुख दायित्व भनेको आफ्ना सहकर्मी शालिकराम पुडासैनीको कसरी रहस्यमय मृत्यु भयो यस्को लागि सुक्ष्म अनुसन्धान गर्न जरुरी छ । उनको आत्मा शान्ति र उनको परिवारका लागि भएपनि रवि निरन्तर लागिरहुन् मेरो कामना छ । पुडासैनी मर्नुभन्दा अगाडि खिचिएको भनिएको भिडियो, जुन प्रहरीसंग मात्र सुरक्षित रहेको भनिएको थियो किन, कसरी र कस्को कारण असम्बन्धित व्यक्ति समक्ष पुग्यो यस्को पनि खोजीको लागि निरन्तर लागि रहनु पर्छ । यदि खोजवीनमा नलाग्ने हो भने ती तत्वहरुले थुप्रै निर्दोषहरुलाई रविलाई फसाउन खोजे जस्तै फसाउन सक्छन् ।

अहिले जनता रविको पक्षमा थिए र पो उनलाई फसाउन सकेनन् । “जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि” भन्ने उखानलाई रवि लामिछानेको जनतासंग सिधाकुरा मार्फत “जहाँ पुग्दैनन् कवि त्यहाँ पुग्छन् रवि” भन्ने चरितार्थ गरेका थिए र पोे रवि जेलमा पुग्दा नेपाली जनताहरु स्वस्फुर्त रुपमा देशव्यापी रुपमा सडकमा आए । के युवा युवती के बुढा बुढी सबै “रवि दाई हाई“ भन्दै सडकामा आएका थिए ।

रविले निमुखा, आवाजवीहिनहरुको आवाज बनेर अन्याय, अत्याचार, भ्रष्टाचार, कालाबाजारी देशद्रोहीहरुको विरुद्ध देशभक्तिपुर्ण कार्यक्रम चलाएका कारण जनता उनको पक्षमा थिए र पो उनलाई फसाउन सकेनन् । भोली जनताको सपोर्ट नरहेकाहरुलाई उनीहरुले यस्तै किसिमका मुद्दा लगाएर जेलमा सडाउन सक्नेछन् यसतर्फ उनको ध्यान जाओस् ।

अहिले जनता रविको पक्षमा थिए र पो उनलाई फसाउन सकेनन् ।

रवि भनेको सुर्य पनि हो सारा शक्ति लगाउदा पनि अन्ततः सुर्यलाई हत्कोलाले छेक्न सकेनन् । कस्तो संयोग चितवन जिल्ला अदालतमा मुद्दा दर्ता पनि भदौ ८ गते रविवार(आइतवार) र अन्तिम फैसला पनि माघ ५ गते रविवार(आइतवार) नै भएको छ । रविले उनकै वार अर्थात् आइतवार न्याय पाए । १८ दिने महाभारत लडाइमा भगावन श्रीकृष्णले केही समयको लागि जयद्रथलाई मार्न र अर्जुनलाई बचाउन सुर्य अस्त गरेका थिए त्यस्तै यो ५ महिना ५ दिनको सुर्यग्रहण पछि अर्जुनरुपी रविले त सफाइ पाए अब को को जयद्रथरुपीहरु निशानामा पर्नेहुन् समयले बताउला ? यतिखेर जयद्रथहरुको मुटुमा ढ्यांग्रो बज्दै होला, उनीहरु काँप्दै होलान् ।

यो ५ महिना ५ दिनको सुर्यग्रहण पछि अर्जुनरुपी रविले त सफाइ पाए

यस घटनापछि अब नेपाल प्रहरी एवं सरकार मच्चियो मच्चियो थच्चियो भयो कि भएन ? दानवहादुर एवं कम्पनीहरुलाई हात लाग्यो शुन्य भयो कि भएन ? अब भिडियो लिक गर्ने एसपी दानवहादुरहरुलाई अनुसन्धानको घेरामा तान्ने कि नतान्ने आईजीपी सर्वेन्द्र खनाल साप ? जसरी एउटा कुहिएको आलुले सारा बोराको आलुलाई कुहाउछ भने झै निर्दोष फसाउन खोज्ने दानबहादुर मल्ल जस्ता आपराधिक सोच भएका बदनाम प्रहरीलाई कहिले कार्वाहीको घेरामा राख्ने ? अब रवि लामिछानले पनि आफ्नो साख बचाइरहुन् मेरो शुभकामना ।

अब भिडियो लिक गर्ने एसपी दानवहादुरहरुलाई अनुसन्धानको घेरामा तान्ने कि नतान्ने ?

अस्तु भर्जिनिया, अमेरिका

प्रतिक्रिया