यो मनको पीर ?

विनोद रोका, न्युर्योक २०७६ माघ ५ गते १८:३५ मा प्रकाशित

 

जन्मने र मर्ने म हु कि? मेरो शरिर ? भन्ने पिरले मलाई धेरै सतायो। अहिले म प्रौढ अवस्थामा पुगिसकेको छु। मलाई यो शरिर अजम्बरी होईन रहेछ भन्ने विस्वास लाग्न थालेको छ। बालककालमा यस्ता प्रश्नहरु आएनन। जवानीमा आउने त मन कुरै भएन। किनकि भौतिकवादी साहित्यका ज्ञाता मित्रहरुको मामलामा रहदाको अवस्थामा शरिर मरेपछि बाकी केही रहदैन भन्ने धारणाले घर जमायो। भौतिकवादी दर्शनमा चेतनाको महत्व शरिरसम्म मात्र सिमित छ। भन्ने अनुभुती हुन्थ्यो।

सायद यो उमेरमा धेरैलाई यस्तै हुन्छ होला। भारतीय सदगुरुले आफनो प्रबचनमा भन्नु भएको छ। युवा अवस्थामा ऊहा पनि नक्सलवादी कम्युनिष्ट हुनुहुन्थ्यो रे। धर्म अर्थात चेतनाको अस्तित्वलाई स्विकार नगर्ने। सदगुरु अहिले देश र बिदेशमा सनातन धर्मको पारा भौतिकी सत्यका बारेमा नोबेल पुरुष्कार बिजयी बैज्ञानीकहरुलाई समेत ऊनीहरुका अनुत्तरीत प्रश्नका जवाफ दिएर सहमत गराउन सफल हुनु हुन्छ ।

युवा अवस्था कटेपछि ममा पनि त्यो भ्रम रहेन। अनि आध्यात्मीक साहित्यको केही अध्ययन, श्रवण, र बिभिन्न गुरुहरुको सत्संग गर्न थालियो। प्रारब्धमा लेखिएको क्रमानुसार विभिन्न गुरुहरुको सानिध्यमा पुगे। बालज्ञानी गुरु आदित्यले आफुद्धारा ४ बर्षदेखि ८ बर्षको उमेरमा लेखेका र कलियुगको आदित्य ज्योतिपथ नामक पुस्तकमा भन्नु भएको छ। नाता पुर्व जन्ममै तय भएको हुन्छ। केवल दृश्यमा रहेकालाई प्रत्यक्ष सम्बोधन गरिन्छ भने अदउश्य सम्बन्धलाई आतामाम महसुस गरिन्छ। जुन अति नै प्रिय हुन्छन र कहिल्यै मदैनन, अमर रहन्छन। पुनर्जन्म हुन्छ तर थाहा हुन्न, थाहा हुने मान्छे सिद्ध पुरुष हुन्छ। योग, ध्यान, साधनाविनाको सुखद जीवन निहाल्दै छौ भने आंखा भए पनि तिमी अन्धो हौ, सबै अंगमा चेना भए पनि तिमी लुलो हौ।”

आध्यात्मीकको साधनाको मार्गमा हिडने क्रममा के अनुभुत हुन थाल्यो भने जन्मने र मर्ने भनेको शरिर हो।म चैतन्यस्वरुपको कहिले पनि जन्म र मृत्यु हुदैन। शरिरको जन्म र मृत्युको साक्षीभावले अनुभव गर्नसकिन्छ। जस्तो कि बिजुलीको करेण्ट मर्दैन तर बल्ब फुटन सक्छ। फीउज जान सक्छ। तार टुटन सक्छ। अनि नया फेर्नुपर्ने हुन्छ। यदि बिजुलीमा चेतना भएको भए यस्ले पनि यी सबै कुराहरु साक्षीभावले हेर्न सक्ने थियो। यो अज्ञानी मनमा अनगिन्ती रुपले संग्रहीत बिचार र यस्ले बोकेका मान्यताहरु छन। र यी बिचारहरु आफना स्वभाव अनुसार ईन्द्रीयद्धारा बिषयबस्तुमा ठोक्किदा आउने सुखद र दुखद अनुभुतीमा यो मन टास्सिएको छ। जो कहिले पनि तृप्त हुदैन। अनि यहि अतृप्त चाहाना पुरा गर्न मनले शरिर बदल्ने गर्छ। पुरानो लुगा वा मेशिन बदलेमा।

तथापी अनन्तकाल देखि शरिरसंग टास्सिएको अज्ञानी मनलाई के भ्रान्ती छ भने जन्मने र मर्ने म हु। मेरो शरिर होईन। जस्तो कि जन्मेको घर र कमाएको सम्पति गुमाऊनु पर्दा। अनि जन्मीए पछि जोडिएका सम्वन्धहरु बिग्रदा दु.ख लाग्दछ। जुन सम्बन्ध जन्मनु भन्दा अगाडी थिएनन र तिनमा कुनै मोह गास्सिएको थिएन।

आध्यात्मिक साहित्यको श्रवण, मनन, र ब्रम्हज्ञानी गुरुको सत्संगबाट मात्रै जन्मने र मर्ने शरिर हो। म अर्थात चेतना होईन भन्ने कुराको पुष्टयाई हुन्छ। भौतीक विज्ञानको दायरा भन्दा माथि रहेको यो चेतनाको कुरा बुद्धिको तहबाट बहस गरेर बुझ्नसकिन्न।

म पेशाले वकिल हु। व्यवहारिक रुपमा सामान्यतया भौतिक अर्थात प्रत्यक्ष्य प्रमाणबेगर विवादको निरुपण गर्न सकिदैन भन्ने मान्यतामा विश्वास राख्नु पर्दछ। त्यसैले कहिलेकाहि वकिल र प्रत्यक्ष प्रमाणबेगरको भनाईलाई विस्वास नगर्ने मित्रहरुका बिचमा यी बिषयमा चर्चा गर्दा हासोको पात्र बन्न पुग्दछु।

म कानुनी सल्लाह लिन आऊने मान्छेलाई पैसा वा अन्य कारोबार गर्दा बिना कागज लेनदेन नगर्नु भन्दछु। तर आफुले दिदा भने कागज बनाऊने गरेको छैन। किनकि विस्वासले लेनदेन गर्ने हो। विस्वासै टुटयो र लानेले नतिर्ने भो भने त्यो फर्काउदा लाग्ने खर्च, समय, र पिडा सहनु भन्दा पुर्वजन्मको रिण तिर्न बाकी रहेछ भन्ने मान्यतामा विश्वास राख्दछु।

आजको भौतीकवादी समाजमा भेटिने जिव र संचारका माध्यमहरुको बिचमा यो जिवन घेरिएको छ। यिनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्प्रेषण गर्ने सुचना र औराहरुले आध्यात्मको बाटोमा अबरोध हाली रहन्छन। आध्यात्मिक बिचार र चिन्तनको मात्रा वरिवेशमा नगन्य छ। त्यसैले नदेखिने कुरामा भन्दा देखिने कुरामा मन दौडन थाल्छ। किनकि देखिने बस्तुमा एऊटा नसालु गन्ध छ। जस्ले तुरुन्तै मोहनी लगाऊछ। र भन्न थाल्छ, चारवाकवादीहरुले भने म बाचुन्जेल रिण काढेर भएपनि घिउ खाऊ। मोज गर। मरेपछि त जिवन सक्किगो नी।

यी मोहनी लाउने गुलियो चास्नीमा परेर माहुरीको खुटृा टास्सिएमा यो मन नटास्सियोस भनि म सतर्क हुने प्रयास गर्दछु। त्यसैले मैले अध्ययन र श्रवण गरेका आधात्मिक साहित्य। गुरु गोयन्काजी र परमहंस योगीराज बालकृष्ण लगायतका गुरुबरहरुको सत्संगबाट प्राप्त ज्ञानलाई गीत।भजनमा ऊतार्ने प्रयास गर्दछु। र मन भौतारिन थाल्दा पढने गर्दछु।

यसरी टिपिएका केही रचनाहरु मैले १९ जुलाई २०१७ विहानको समयमा न्युर्योक स्थित आफनै निवाशमा अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी महराजजीलाई देखाई उहाबाट सुझाव लिने सौभाग्य पाएको थिए। त्यस मध्येका केही गीत। भजन मैले बालज्ञानी गुरु आदित्यद्धारा ७ अप्रिल २०१९ मा काठमाण्डौमा आयोजित त्रि.गजुर सिवालयको प्राण प्रतिष्ठान र ओंम आदिमणीमन्त्र महायज्ञ महा अनुष्ठानमा भाग लिन गएका बखत किरण कडेलजीको स्टुडियोमा रेकर्ड र मिस्किंग गराऊने साईत जुरयो। यस्को म्युजिक ऐरेन्ज बलराम समालजीको रहेको छ।

यो भजनमा जन्मने र मर्ने म हुं की? मेरो शरिर? भनि जिज्ञासा राख्ने साधकलाई ब्रम्हज्ञानीगुरुले वैदिक सास्त्रसम्मत ऊत्तरद्धारा जिज्ञासा मेटाई दिएको भाव रहेको हुदा मैले यो भजनमा मेरो जिवनमा आऊनु भएको सबैभन्दा कान्छा अर्थात ८ बर्षका बालज्ञानी गुरु आदित्यको एऊटा फोटो नराखी अपुरो हुने देखे। अनि मैले गुरुको सानिध्यमा रहनु हुने गुरुमाता, पिता, शिष्यहरु शुसिला थापा, र डा.राजु अधिकारीजी मार्फत अनुरोध गरे। किनकि गुरुले को मार्फत कतिबेला आर्शिवाद दिनुहुन्छ थाहा हुदैन।

र गुरुदेव कसैको कुरा सुन्नुहुन्न। एकदिन ऊहाकी ५ चेली मध्येकी शुसिला थापाले मेरो भिडियो मेसेन्जरमा कल गरेर मलाई गुरुको दर्शन गर्ने अवसर जुटाई दिएकी थिईन। र त्यो बेलामा मैले पनि फोटो पाऊ भनि निवेदन गरेको थिए। उहाले आफना चल्दै नचल्ने हात उठाई मलाई अलौकिक हासोसहितको आर्शिवाद दिनु भयो।

अन्नत. गुरुबरबाट आर्शिवाद प्राप्त फोटो राजुजीले मलाई ईमेलद्धारा पठाऊनु भयो। अनि मैले त्यही फोटो भिडियोको लागि सन्तोष श्रेष्ठजीलाई ईमेलबाटै पठाए। केही दिन पछि सन्तोषजीले भन्नु भो सर गुरुको फोटो आएन त ? पठाई दिनुहोस न ? मैले उहालाई अस्तिको ईमेलमा पठाएको थिए नि? भनि प्रति प्रश्न गरे। जवाफमा ऊहाले त्यो फोटो त बच्चाको आयो। गुरुको होईन सर। अनि मैले ऊहलाई बालज्ञानी गुरुको बारेमा बताए। र भने ऊहामा ४ बर्ष लागेपछि ज्ञान प्रकट भएको हो। सबै सास्त्रको बारेमा ज्ञान छ। कुनै शिक्षा पाउनुभएको छैन। विश्वका सबै भाषाको ज्ञान छ। भरखरै सुनेको छु गुरुको अर्को किताव रशियन भाषामा निस्कनेवाला छ। अनि उहाले यो भिडियो बनाएर पठाउनु भयो।

यो भजनको भिडियोमा रहेको बालज्ञानी गुरु आदित्यद्धारा आर्शिवाद प्राप्त फोटो र त्रि.गजुर मन्दीरको प्रतिकले अवस्य पनि अष्टाबक्रले राजा जनकको जिज्ञासालाई सम्वोधन गरे म र म जस्ता साधकहरुको जन्मने र मर्ने म हु कि? मेरो शरिर? भन्ने जिज्ञासालाई सदा सम्बोधन गरि रहनेछ भन्ने विश्वास लिएको छु।

गीत।भजन

जन्मने र मर्ने, म हु कि? मेरो शरिर?
गुरुजी् हटाई पाऊ, यो मनको पीर।

भन्नुभो् गुरुले सुन् ज्ञानका कुरा
पन्छाइ एकछिन बुद्धिका कुरा
तिमि चेतना हौ् कुनै वस्नु होईनौ
तिमी सर्वत्र छौ्, शरिर होईनौ।

सास्वत छ चेतना शरिर नासिन्छ
अज्ञानी तिम्रो मन, शरिरमा टासिन्छ।

न मर्दर्छाै तिमि, न मर्छन अरु
तिम्रो अज्ञान डढाऊ, बनाई चरु।

प्रतिक्रिया