आइतबार, असोज ११ २०७७
काठमाडौं ०८:५७
वासिङटन डिसी 23:12

बाल्टिमोरमा आयोजित इनास अनप्लग्ड सांगीतिक साँझ कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न

प्रस्तुति गर्ने कलाकारलाई सम्मान सहित आजीवन सदस्य वितरण

विजय थापा २०७६ माघ ५ गते १७:५१ मा प्रकाशित

वाशिंगटन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धनको लागि आयोजना गरिएको इनास अनप्लग्ड नामक सांगीतिक साँझ कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।

गत जनवरी १८ का दिन सम्पन्न उक्त बृहत कार्यक्रम हिमपात,वर्षा र ठण्डा मौषमको बाबजुद पनि सफलता पूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागी भै प्रस्तुत गर्ने सबै नव प्रतिभा कलाकार देखि वरिष्ठ कलाकारहरुलाई सम्मान गरिनुको साथै ईनासले सबैलाई आजीवन सदस्य द्वारा सम्मान गरेको छ ।

सबैलाई ईनास मेरिल्याण्ड राज्य शाखाका संरक्षक तथा सल्लाहकारहरु क्रमस समाजसेवी डा श्याम कार्की ,वरिष्ठ लोक गायक तथा महा बाणिज्यदूत प्रेम राजा महत ,समाजसेवी तथा कलाकार अनसुया श्रेष्ठ वन्त ,कृष घिमिरे लगायतले कलाकारहरुलाई प्रशंसा पत्र वितरण गर्नुको साथै आफ्ना संक्षिप्त मन्तब्य राखेका थिए ।

सबैले ईनास मेरिल्याण्ड राज्य शाखाले सबै कलाकारहरुलाई एकै स्थानमा नव प्रतिभाहरुलाई समेत अवसर दिई भब्य कार्यक्रम गर्न सफल भएकोमा इनास मेरिल्याण्ड शाखा तथा अध्यक्ष श्रीजन ताम्राकार ,इनास मेरिल्याण्ड राज्य शाखा परिवार तथा कलाकारहरुलाई धन्यबाद दिदै सफलताको लागी सबैले शुभकामना दिएका थिए ।

पहिलो पटक भब्य रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा कलाकारहरु क्रमस सुबित कुमार नेपालले जिन्दगी भन्ने र जिउनु नै होला ,याशिला श्रेष्ठले माया लाउन नजान्नेले,सुजय श्रेष्ठले कहिले तिमीलाई देखे र बिर्सेर मलाई टाढा भै दियौ ,राघब खड्काले अंगालोमा र छु टाडा गीत प्रस्तुत गरेका थिए । रजल लामाले सधैं सधैं र यो जिन्दगानीमा बोलका गीत प्रस्तुत गरेका थिए ।

यसै गरि एन्जल ब्याण्ड( सङ्गीत मण्डली)का राजु लामाले म मौनतामा र कति छन् मुटुमा ,प्रसिद्ध छायाचित्रकार विक्रान्तमान श्रेष्ठले यस्तो पनि हुँदो रहेछ ,राजल लामाले यो जिन्दगी र सधै सधै प्रस्तुत गरेका थिए । कार्यक्रममा दिलिप श्रेष्ठले अँध्यारोमा,इनास मेरिल्याण्ड राज्य शाखाका सभापति श्रीजन ताम्राकारले दोष कसैलाई तथा सरिष्मा अमात्यले कित तिमी पनि आउ र म तिमी लाई भन्ने गीत प्रस्तुत गरेका थिए ।

यसै गरि नव प्रतिभा परिजिता बास्तोलाले भनाई र तिम्रो लागि ,राभ सिटौलाले साथी मेरो र चिसो चिसो हावामा प्रस्तुत गरेका थिए भने निश्चलले सम्झी बस्छु र रेलीमाई तथा जहाँ छन् बुद्धका आँखा भन्ने मिश्रित गीत प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमलाई अझ थप मनोरंजन दिदै अस्किना श्रेष्ठले तिम्ले त हैन र कोमल त्यो तिम्रो ,धिरज बुढाथोकीले हिड्दा हिड्दै र झरीको रात गीत प्रस्तुत गरेका थिए ।त्यस्तै गरि किशोर श्रेष्ठले तिमी नै हौ र साँझ परे पछि ,क्षितिज भण्डारीले माया बिसाउने चौतारी र लाहुरेको रेलीमाई र अमृत राम्दमले तानसेन घमाइलो तथा मिश्रित गीत प्रस्तुत गरेका थिए ।

इनास नेपाली कला साहित्य र संस्कृतिको उत्थान, संरक्षण र सम्वर्द्धन गर्ने तथा नेपाली कलाकार एवं साहित्यकारहरुको हितको लागि काम गर्न स्थापित गरिएको हो । नव बर्ष २०२० को आगमनसंगै शुभारम्भ भएको नेपाल भ्रमण बर्ष २०२० को स्वर्णिम अवसरलाई समेत मध्यनजर गरि कार्यक्रमको आयोजना गरिएको इनास मेरिल्याण्ड राज्य शाखाका सभापति तथा कलाकार श्रीजन ताम्राकारले बताए ।

कलाकार नै कलाकारहरुले भरिएको उक्त सांगीतिक साँझ इनास अनप्लग्ड नामक कार्यक्रम इनासमा पहिलो पटक आयोजना भएको हो । अध्यक्ष ताम्राकारले अमेरिकी बसाईको १३ औ बसन्त सम्म आईपुग्दा आफु स्वयम् कलाकार भएको नाताले कला र संस्कृतीको जगेर्ना र प्रवर्द्धन गर्न र कलाकारिताको माध्यमबाट संघ/संस्थामा सृजनशील कार्यक्रम ल्याउन पहल गर्ने काममा पछि नहटेको बताए ।

कार्यक्रममा आफू र आफ्ना समूहका सबैको अहोरात्र खटाईको कारण इनास अनप्लग्ड कार्यक्रम सफल हुन् सकेकोमा सबैलाई नमन गर्न चाहेको बताए । कार्यकमलाई सफल तुल्याउन कलाकर्मी र समुदायले इनास मेरिल्याण्डलाई दिलै देखि सहयोग र साथ दिए ।

इनास मेरिल्याण्ड राज्य शाखा र अध्यक्ष ताम्राकारले गरेको बिशेष पहलको कारण इनास अनप्लग्ड सांगीतिक साँझ कार्यक्रमले कलाकार र समुदायलाई जोड्ने प्रयास गरिएको कार्यक्रम अत्यन्तै सफल हुन् पुगेको छ ।

वाद्यवादनमा बरिस्ठ गितारवादक प्रजित श्रेष्ठ, बरिस्ठ किबोर्डवादक उत्तम श्रेष्ठ लगायत ब्यास गितारमा दिपेश कुँवर, काजुनमा कस्तुरी प्रतीक, गितारमा क्षितिज भण्डारी, बाँसुरीमा आशिष पोखरेल, डिजे म्युजिकमा सलोन शाक्यले साथ दिएका दिए भने इनास अनप्लग कार्यक्रमको पहिलो चरणको स्वागत मन्तव्य कार्यक्रमलाई लक्ष्मण पौडेलले संचालन गरेका थिए भने दोश्रो चरणको कार्यक्रम भने युवा प्रतिभा केनी शाहले भरपूर मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरेका थिए।

नेपालमा रहेका वरिष्ठ संचारकर्मी सन्तोष भट्टराईको विशेष साथ र सहयोगमा पहिलो पटक ऐतिहासिक रुपमा इनासले नेपालमा रहेका श्रोतादर्शकहरुसंग पनि आफ्ना कलाकार र प्रस्तुतिहरुलाई नेपालीको रेडियो ८८.८ मेघाहर्ज, च्यानल फर नेपालबाट प्रत्यक्ष प्रशारण समेत गरेका थिए।

कार्यक्रमको सहयोगी हातहरुका रुपमा नाम्लो इभेन्ट्स्, नेपाली ई मार्केट्स्, राभ फोटोग्राफी, राघव भिडियोग्राफी, आर एल स्टुडियो, पोर्टसाईड नर्थ रेस्टुरेन्ट, घिमिरे होम्स्, एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो, वुमन हेल्पिङ्ग हैण्ड – मेरिल्याण्ड, लाँघाली मोमो, रोयल स्पाईस, इन्टेल टेक, जेन ट्राभल्स, हेल्पिङ्ग फ्यामिलीज राईज टिम, राम एण्ड सन्स् अटो इन्क, केसी एसोसिएटस् , डिजे रास लगायत ब्यक्तिगत रुपमा कृष घिमिरे, माया चौहान, रमेश भट्ट नेपाली छोरो, सुदर्शन पौडेल, नरेश केसी, श्रीकृष्ण रेग्मी, मन कुमार श्रेष्ठ, सोनम कर्माचार्य लगायतले विभिन्न रुपमा आर्थिक र भौतिक विशेष सहयोग गरेका थिए।

इनास मेरिल्याण्डले पहिलो पटक ऐतिहासिक रुपमा भब्य सफलताका सुरुवात गरिएको यस कार्यक्रमलाई अब उप्रान्त हरेक बर्ष एक भब्री सांगीतिक पर्व कै रुपमा निरन्तरता दिँदै लैजाने अध्यक्ष श्रीजन ताम्राकारले बताए।

प्रतिक्रिया