सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’को दोस्रो अडिसन धरानमा सम्पन्न (फोटो फिचर)

इनेप्लिज २०७६ माघ ५ गते १५:२९ मा प्रकाशित

ईटहरी/ ईटहरीमा भर्खरै सुरुवात भएको एल एड सी मोडल एजेन्सीले आयोजना गरेको ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल-२०७६’ को दोस्रो अडिसन सम्पन्न भएको छ । पुष २६ गते सनिबारका दिन ईटहरिको हलगडास्थित बगान रेस्टुरेण्टमा पहिलो अडिसन गरिएको थियो भने दोस्रो अडिसन माघ ४ गते सनिबारका दिन धरानमा सम्पन्न भएको हो । अडिसनमा धरान र आसपासका विभिन्न क्षेत्रबाट आफ्ना साना नानीहरुलाई लिएर अभिभाबकहरु उपस्थित भएका थिए भने सम्पन्न दोस्रो अडिसनमा २२ जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

दोश्रोअडिसनमा निर्णायकको रुपमा मिस नेपाल आइडल २०१९ कि बिजेता मिस मेरिना तुम्सा लिम्बु, हेल्थ अड्भाइजर रोशनी गुरुङ, त्यस्तै ह्याइट हाउस इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्टका एम.डि. पोशन श्रेष्ठ र इम्पेरीयल क्विन इभेन्ट प्राइभेट लिमिटेड कि इभेन्ट म्यानेजर मनिषा लिम्बु रहेका थिए । सो अडिसनमा आफुले ईटहरि अडिसनमा जस्तै सोचे अनुरुपको सहभागिता देखिएको आयोजक कम्पनीका दिपक गिरीले जानकारी गराए । यो भन्दा पहिले एजेन्सीले ईटहरिमा फेसन सो तथा ब्राईडल र्याम्प शो सफल आयोजना गरिसकेको छ ।

सुनसरी लिटल एण्ड एन्जल गर्नुको मुख्य उदेश्य बालबालिकाहरुमा लुकेर रहेको विभिन्न क्षमता, जुन सबैका सामु प्रस्तुत गर्न सक्दैनन । त्यसैले उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको गिरीले बताए । कार्यक्रमलाई ब्यबस्थापन दिपक गिरीले गरेका छन भने फेशनको दुनियामा दशक लामो यात्रा पार गरिसकेका अनुभवी व्यक्तित्व निश्चल पालिखे कार्यक्रम संयोजकको रुपमा रहेका छन् । त्यसैगरी अफिसियल मेकअप आर्टिस्ट एस्तर श्रेष्ठ, इभेन्ट होस्टकारुपमा सरुपा थापा मगर, अफिसियल कोरियोग्राफर संगीता चौधरी रहेकी छन् ।

डिथ्री फोटोग्राफी र डिथ्री अनलाईन अफिसियल मिडिया तथा फोटोग्राफी पार्टनर हो भने ईभेण्टको मिडिया संयोजक सुवास संकल्प रहेका छन् । पब्लिक रिलेशन अफिसरको रुपमा जेरी शर्मा रहेका छन् भने ईभेण्ट सपोर्टरको रुपमा सुस्मिता श्रेष्ठ र निष्मा क्षेत्री रहेका छन् । बिजेता ब्वाईज-गर्ललाई २५ / २५ हजार नगद, ट्रफी, सर्टिफिकेट र अन्य उपहार, फर्स्ट रनरअप ब्वाईज-गर्ललाई १५ / १५ हजार नगद र अन्य उपहार संगै सेकेण्ड रनरअप ब्वाईज-गर्ललाई १० / १० हजार नगद र अन्य उपहारको व्यवस्था गरिएको छ । उमेरको हकमा भने ६ देखि १३ सम्मका बालबालिकाहरुका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया