श्रीमान्ले कमाएको सम्पती बोकेर श्रीमती बेपत्ता, दुई नाबालक छोराहरुको बिचल्ली (भिडियो)

इनेप्लिज २०७६ माघ ५ गते १५:१५ मा प्रकाशित

 

बाग्लुङ घर भइ हाल पोखरा घारीपाटन बस्दै आएकी लक्ष्मी परियार गएको सोमबारदेखि बेखबर बनेकी छन् । पोखरा महानगरपालिका वडा नं१७ घारिपाटनमा दुई छोराहरुलाई पढाउन बसेकी लक्ष्मी गएको सोमबारदेखि सम्पर्क बिहिन रहेको उनका देवर उमेश परियारले बताए ।

परियारका अनुसार दाजु रोजागरीको सिलसिलामा विदेश रहेको र, उक्त दिन दुई छोराहरुसंग खाल्टेमसिनामा रहेका आफन्तकोमा जान भनि निस्किएकोमा ‘आज तिमीहरु जाओ,म भोली बिहानै आउंछु’ भनि खाल्टेमसिना जाने माइक्रोबसमा चढाएको छोराहरुलाई उद्दृत गर्दै परियारले जानकारी दिएका छन् । दुई छोरा मध्ये एक जना १२ बर्ष र अर्का ६ बर्षका छन् ।

घटनाबारे जानकारी भए पश्चात उनको खोजिकार्य गरिएपनि हालसम्म कतै फेला पार्न नसकिएको उनले बताए । छोराहरुलाई छोडेर श्रीमती सम्पर्क बिहिन बनेपछी रोजगारीको सिलसिलामा १ बर्ष अगाडी दुवई पुगेका श्रीमान नेपाल आउदैछन् । हेर्नुहोस् यो भिडियो

२ छोराको विच-ल्ली कहा गइन आमा ! यस्तो अबस्थामा छोराहरु हजुरआमा छोरा रुदै मिडीयामा

प्रतिक्रिया