बिहीबार, फागुन ८ २०७६
काठमाडौं ००:५५
वासिङटन डिसी 14:10

न्युयोर्कका रिपब्लिकन दलका अमेरिकी सांसदलाई २६ महिनाको कैद

इनेप्लिज २०७६ माघ ५ गते १४:३४ मा प्रकाशित

एक संघीय न्यायाधीशले गत शुक्रबार जनवरी १७ का दिन न्यु योर्कका पूर्व रिपब्लिक दलका क्रिस कोलिन्सलाई आन्तरिक व्यापारका काण्डमा मुछिएकोमा २६ महिनाको कारागारको सजाय सुनाएका छन् ।उनि न्युयोर्कको निर्वाचन क्षेत्र २७ का अमेरिकी कंग्रेस हुन् भने उनि जनवरी ३,२०१३ देखि अक्टोबर १,२०१९ सम्म अमेरिकी तल्लो सदनका प्रतिनिधि सभा सदस्य रहेका थिए ।

१९५० मा जन्मिएका क्रिस्टोफर कार्ल कोलिन्स राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने पहिलो प्रतिनिधि थिए। उनीलाई सुरक्षाको धोखाधडी र षड्यन्त्रपूर्ण बयानबाजी गरेको दुईवटा आरोप लागेको थियो ।

पछि उनीलाई ११ गणनाको अभियोग लगाइएको थियो । संघीय अभियोजन पक्षले क्रिस कोलिन्सलाई उनका छोरा क्यामरन कोलिन्स र स्टीफन जार्स्की – क्यामरन कोलिन्सको भावी ससुराले अष्ट्रेलियाली बायोटेक फर्म इननेट इम्युनोथेरपीटिक्समा आन्तरिक जानकारी प्रयोग गरेर आफ्नो सेयर(हिस्सा) बेच्न प्रोत्साहित गरेको आरोप लगाएका थिए । कारागार (जेल)समय बाहेक अमेरिका जिल्ला अदालतका न्यायाधीश भर्नोन ब्रोडरिकले क्रिस कोलिन्सलाई २ लाख अमेरिकी डलर जरिवाना गरेका छन् । र उनि एक वर्षको पर्यवेक्षणको रुपमा रहने छन ।

मैले मेरो मूल्य मान्यतालाई उल्लङ्घन गरेको छु,” क्रिस कोलिन्सले अदालतमा भने। “म यहाँ उभिरहेको छु, सायद अन्तिम चोटि मैले सार्वजनिक रुपमा केहि गर्न सक्छु। मैले बफेलो छोडे (न्यु योर्क राज्यको दोश्रो शहर ) । म आफ्ना निर्वाचन क्षेत्रमा सामना गर्न सक्दिन उनले भने । प्रहरीले उनीलाई अगस्त २०१८ मा पक्राउ गरेको थियो । जसमा उनी दोषी नभएको ठहर भयो ।

उनले सुरुमा पुन: चुनावमा उठ्ने कुरालाई त्याग गरेका तर पछि उठे पछि चौथो पटक निर्वाचन जिते । उनले गत बर्ष सेप्टेम्बर सम्ममा आफ्नो निर्दोषता कायम राखेका थिए तर पछि राजीनामा गरे। क्यामरून कोलिन्स र जार्स्कीलाई पनि यस योजनामा अभियोग लगाइएको थियो । र दुबैलाई गत अक्टोबरमा दोषी साबित भए । प्रत्येकलाई ३७ महिना र ४६ महिनाको कारागार पर्ने भएका छन् ।

समाचार श्रोत :युपिआई,तस्बिर :सिएनबिसी 

प्रतिक्रिया