आइतबार, असोज ११ २०७७
काठमाडौं १०:०८
वासिङटन डिसी 00:23

मिसिगनका एक व्यक्तिले प्रयोग गरिएको गद्दा(चकडी )मा नगद ४३ हजार डलर फेला पारे ,सबै साहूलाई फिर्ता दिए

इनेप्लिज २०७६ माघ ५ गते ०:०० मा प्रकाशित

ईमान्दारिताको ज्वलन्त उदाहरण अमेरिकाको मिसिगन राज्यका एक व्यक्ति भएका छन् । मिसिगनका एक व्यक्तिले प्रयोग गरिएको(सेकेन्ड ह्यान्ड )गद्दामा नगद ४३ हजार डलर फेला पारे । तर उक्त रकम सबै फिर्ता गरे । भेटेको रकम राख्न उनीलाई मन लागेन ।

उक्त व्यक्तिले गत बर्ष डिसेम्बरमा एउटा सोफा किने । यो हप्तामा उनले उक्त सोफामा रहेका गद्दी(चकडी) बाट ४३ हजार डलर नगद फेला पारेता पनि उनीले साहूलाई जम्मै रकम फिर्ता गरि ईमान्दारिताको सच्चा परिचय दिएका छन् ।

मिसिगनको ओवोस्सोको एक पसलबाट होवार्ड किर्बि नामक मानिसले सोफा किनेका थिए । सोफा किनेको केही दिन पछि उक्त गद्दी असुविधाजनक उनले महसुस गरे । र उनकी छोरीले के रहेछ भनी खोलेर हेर्दा नगद पाए पछि आश्चर्य भए । उनले उक्त चिज पाए पछि आफैलाई चिमोटे कि सपना हो या बिपना भनेर । उनका एक वकिलले किर्बीलाई पैसा फिर्ता गर्ने कुनै कानुनी बाध्यता नभएको बताए।

तर किर्बीले पैसा राख्न अस्विकार गरे, यो सही छैन भन्ने लागेको बताए । उसले त्यो कसले दान दियो, र त्यो नगद वास्तवमा कसको हो भनेर पत्ता लगाउन पसलमा कुराकानी गरे ।

त्यो व्यक्ति किम फुथ न्यूबेरी थिए । पलंग मूलतया उनको हजुरबुवा फिलिप फुथको भएको पत्ता लाग्यो । उनको गत बर्ष २०१९ मा मृत्यु भएको थियो । गत बिहीबार किर्बीले उक्त पैसा फिफ-न्युबेरीलाई फिर्ता गरिदिए, यद्यपि उनले सोफाको गद्दा राखे ।

उक्त गद्दा भित्र ४३ हजार १ सय ७० डलर नगद रहेको थियो । “यो केवल पागल हो,” फ्यूथ-न्युबेरीले भने। किन यति पैसा चाकडी भित्र राखेको मलाई थाहा भएन भने ।

श्रोत :सिएनएन

प्रतिक्रिया