एकैपटक ४ सन्तान पाउने बाबुको अनुभव, सुरुमा पत्ताउनै सकेनन्, गर्भवती हुँदा सासुले यस्तो गरिछन् (भिडियो)

इनेप्लिज २०७६ माघ ४ गते ११:५६ मा प्रकाशित

 

गौरव प्रधान बैदेशीक रोजगारको शिलशीलामा दुबईमा थिए । आफ्नो श्रीमती सुनिता प्रधान पौडेलको पेटमा तीन सन्तान हुँकर्दै गर्दा सुत्केरी हुने समयमा उनी नेपाल आए । डाक्टरले दिएको समयमा उनलाई पोखराको मणिपाल शिक्षण अस्पतालमा लगियो । तीन सन्तान छन् भन्ने कुरा पहिले नै पक्का पक्की थियो र त्यही अनुरुप डा. महेन्द्रराज पाण्डेको टोली अप्रेशन थ्रिएटर भित्र गयोे । तीन बच्चा जन्मिने भन्ने खबरले सुखी हुँदै गौरवका परिवार बाहिर त्यही अनुसारको व्यवस्थापनका साथ बसिरहेका थिए ।

केही समयपछि एकजना नर्स निस्कीएर अर्को पनि बच्चा रहेछ कपडा ल्याउनुस भनेपछि गौरब चकित भए । तीनवटा मात्र बच्चा छ भनेर बसेको चारवटा बच्चा भएको खबर सुरुमा पत्ताउनै गाह्रो भएको गौरब बताउँछन् । पछि डाक्टर नै आएर भनेपछि बल्ल पत्यार लागेको उनले बताए।

स्याङ्जा पुतलिबजार घर भएकी २६ बर्षीय सुनिता प्रधान पौडेलले पोखराको मणिपाल शिक्षण अस्तालमा चार शिशुको जन्म दिएकी छन् । तीन छोरी र एक छोराको जन्म दिएकी सुनिता र बच्चा सबैको स्वास्थ्य राम्रो भएको अस्पतालले जनाएको । हेर्नुहोस् यो भिडियो ।

प्रतिक्रिया