बिहीबार, फागुन ८ २०७६
काठमाडौं ००:३२
वासिङटन डिसी 13:47

बाल्टिमोरको सडकमा कुदी रहेको सार्वजनिक यात्रीयान(बस)मा पछाडी झुन्डिदै नाच्दै गरेका दुई युवा

इनेप्लिज २०७६ माघ ४ गते ३:१८ मा प्रकाशित

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा दिउसै सडकमा कुदी रहेको सार्वजनिक यात्रीयान(बस)मा पछाडी झुन्डिदै नाच्दै गरेका दुई युवाहरुको श्रब्य दृश्य(भिडियो) सार्वजनिक भएको छ ।

ज्यादै कडा नियम रहेता पनि उक्त युवकहरुले नियम तोडेका छन् भने पछाडी चढ्नु मात्र नगरी एक हातले गाडीको पछाडी समातेर जिस्कदै नाचेका थिए ।

बाल्टिमोरको सार्वजनिक रुपमा सर्व साधारणको सुविधाका लागि संचालित एमटिए सवारी साधनमा त्यस्तो दृश्य देखिएको छ । उनीहरुको पछि जाने सवारी साधनले श्रब्य दृश्य (भिडियो ) खिची सामाजिक संजाल ट्वीटरमा राखेका थिए ।

एमटीएले बिज्ञप्ति निकाल्दै पछाडी अनधिकृत व्यक्ति नछिरुन र सुरक्षा सतर्कताको लागि पछाडी जाली पनि लगाइएको जनाएको छ ।

समाचार: युपिआई

प्रतिक्रिया