बिहीबार, फागुन ८ २०७६
काठमाडौं ००:३९
वासिङटन डिसी 13:54

लेखक सर्बज्ञ वाग्ले आफ्नो नयाँ कृति सार्वजनिक गर्ने तयारीमा

इनेप्लिज २०७६ माघ ३ गते २३:५१ मा प्रकाशित

लामो समय देखि अमेरिकाको क्यालिफोर्निया बस्दै आएका र जुवाघर (हाँस्यव्यंग्य) ,क्यासिनो (कथा संग्रह) ,युधिष्ठिर (कथा संग्रह), सॉढे (हाँस्य व्यंग्य) गरि ४ वटा कृतिका लोकप्रिय लेखक सर्बज्ञ वाग्लेले आफ्नो नयाँ कृति सार्वजनिक गर्ने तयारीमा छन् ।

भारतले नेपाल र नेपालीलाई थिचोमिचो गर्दै गरेको अवस्थामा उनले ‘पुनर्वास’ नाम उपन्यास सार्वजनिक गर्ने भएको ईनेप्लिजलाई बताएका छन् । १ फेव्रुअरि २०२० अर्थात माघ १८ गते १२ वजे प्रज्ञा भवनमा उपन्यास पुनर्वासको विमोचन गर्ने तयारी गरिएको छ । बोर्डर,जुवा,देश,समाज र जात भातको वर्षौ देखिको कुरीति अन्याय अत्याचारको पराकाष्टा उपन्यास पुर्नवास भित्र पढ्न पाइन्छ ।

अमेरिकाको ब्यस्त जीवन शैलीमा पनि भारतीय दादागिरीलाई नेपालमा रहँदा नजिकैबाट नियालेका सर्वज्ञले उपन्यासका मार्फत भण्डाफोर गर्ने प्रयत्न गर्दैछन् । पुनर्वासको मात्र नभई ग्रेटर नेपाल,लिपुलेक,लिम्पिया धुरा लगायतको नेपालले गुमाएको भूमिलाई समेटेर लेखिएको उपन्यासमा लेखक वाग्लेले बोर्डर,जुवा,देश,समाज र जात भातको वर्षौ देखिको कुरीति अन्याय अत्याचारको पराकाष्टालाई यसै उपन्यास मार्फत बाहिर ल्याउने कोशिस गरेको बताइएको छ ।

उनि साहित्यकार र समाजसेवी पनि हुन् भने उनि हाल गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष समेत रहेका छन । उनि संचारकर्मी पनि हुन भने कविता ,कथा र लेखहरु लेखि रहन्छन ।

प्रतिक्रिया