२ सन्तान सहित पुलबाट दम्पती किन हामफाले, यस्तो लेखेर छोडेका रहेछन् चिठीमा

इनेप्लिज २०७६ माघ ३ गते २३:२१ मा प्रकाशित

बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेकाे झाेलुङ्गे पुलबाट दुई बच्चासहित दम्पती त्रिशूली नदीमा हाम फालेका छन् । झाेलुङ्गे पुलबाट हाम फाल्दा श्रीमतीको ज्यान गएकाे छ भने दुई बच्चा बेपत्ता भएका छन् ।

श्रीमानकाे भने रेस्क्यु टाेलीले तत्काल उद्धार गरेकाे प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिनु भयाे । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाकाे आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मी दुई बच्चासहित त्रिशूलीमा हाम फालेका हुन् ।

उनीहरु आफ्ना दुई वर्षीय र ६ महिने छोरासहित बिहीबार साँझ साढे ६ बजेतिर धादिङ र गोरखाको घ्याल्चोक जोड्ने पुलबाट हाम फालेको प्रहरीले बताएको छ। जमुनाको शव पुलनजिकै फेला परेको र दुई बालकहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया