आज भोली कसैले के गर्यो बसन्त नाछिरिङलाई ? (भिडियोमा हेर्नुहोस्)

इनेप्लिज २०७६ माघ ३ गते १२:०२ मा प्रकाशित

काठमाडौं । हुन त बसन्त नाछिरिङ राई यतिबेला बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा छन् । तर नेपाली माटोको मायाले घरी घरी उनलाई घोत्लिन बाध्य बनाउँछ । अनि त्यही बाध्यताको बिचमा उनी सिर्जना गर्छन् जसले उनलाई सर्जक बाएको छ । नेपालको पुर्वी सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकामा बुवा कर्ण बहादुर नाछिरिङ राई र आमा निरा माया राईको कोखबाट जन्मिएका बसन्तले प्रवासमा रहेर पनि नेपाली गीत संगीतको साधनालाई निरन्तरता दिई रहेका छन् । यही निरन्तरताको मेसोमा भर्खरै सार्वजनिक भएको छ आज भोली कसैले बोलको गीतको भिडियो ।

बसन्त नाछिरिङ राई आफैंले शब्द र संगीत सिर्जना गरेको उक्त गीतको संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका छन् भने समिक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । मिुनु लामा, प्रमिस नाछिरिङ राई र डोल्मा योञ्जन तामाङको अभिनय रहेको भिडियोमा शम्भु धिमालको छायाँकन र सम्पादन रहेको छ भने प्रमिस नाछिरिङ राईले निर्देशन गरेका छन् । बसन्तले आफ्नै छोरीको नामबाट स्थापित गरेको युट्युव च्यानल अभिमा क्रियशनमा भिडियो हेर्न सकिन्छ ।

भिडियो हेर्न लिंकमा जानुहोस् ।

प्रतिक्रिया