बिहीबार, फागुन ८ २०७६
काठमाडौं ०२:०६
वासिङटन डिसी 15:21

भर्जिनियाको राजधानी ठूलो नरसंहार हुन् बाट जोगियो

एफबिआई द्वारा भर्जिनियामा हुने बन्दुक अधिकार सम्बन्धि जुलुस कार्यक्रम अगाडी तीन संदिग्ध सर्वोच्चतावादी पक्राउ

इनेप्लिज २०७६ माघ ३ गते ०:२९ मा प्रकाशित

 

 

एफबिआई द्वारा भर्जिनियामा हुने बन्दुक अधिकार सम्बन्धि जुलुस कार्यक्रम अगाडी तीन संदिग्ध सर्वोच्चतावादीलाई पक्राउ गरेको छ । अर्को हप्ता भर्जिनियाको राजधानी रिचमण्डमा बन्दूक अधिकार रैली(जुलुस)आयोजना हुने अगाडि एफबीआईले पक्राउ गरे पछि स्वेत सर्वोच्चतावादी समूहका तीन संदिग्ध सदस्यहरूले संघीय आरोपहरूको सामना गर्नु पर्ने भएको छ ।

सदिग्धहरु कथित रूपमा द बेस भनेर चिनिने फ्रिन्ज ( गौण गतिविधि)समूहको हिस्सा हो । ल इन्फोर्समेन्ट (कानून प्रवर्तन)अधिकारीहरु भन्छन् कि उनीहरु रिचमण्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन योजना गरेका थिए।

गत बुधवार गभर्नरले राल्फ नर्थमले “विश्वसनीय गुप्तचर ” द्वारा सशस्त्र रक्षक योद्धा(मिलिशिया )र घृणा समूहहरू उपस्थित हुने अपेक्षा गरिएकोले आपतकालको अवस्थाको घोषणा गरेका छन् ।

कानून प्रवर्तन अधिकारीहरु भन्छन् ती पुरुषहरु महिनौं देखि एफबीआई निगरानीमा रहेका थिए । दुई संदिग्धहरुमा मेरिल्याण्ड एल्कनका ३३ बर्षिय ब्रायन लेम्ले तथा डेनटन मेरिल्याण्डका १९ बर्षिय विलियम बिलबरोलाई पक्राउ गरेको छ ।

उनीहरुलाई यातायात र हानि पुर्‍याउने र त्यसो गर्ने षडयन्त्रको आरोप लगाइएको छ । यसै गरि एक क्यानाडाका २७ बर्षी नागरिक पैट्रिक मैथ्यूज कथित द बेसका लागि मुख्य भर्तीकर्ताको रूपमा पहिचान गरिएको छ ।

उनीमाथि बन्दुक र गोली हतियार साथमा राखेको र विदेशी नागरिक भएको आरोप लगाइएको छ । उनि र लेम्लेलाई हातहतियार ओसार पोसारको आरोप लगाईएको छ ।

श्रोत : एनबिसी वाशिंगटन /तस्बिर फरवार्ड

प्रतिक्रिया