बुधबार, फागुन ७ २०७६
काठमाडौं २३:१४
वासिङटन डिसी 12:29

तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाले जनवरी २५ तारिखमा सोनाम ल्होछार मनाउदै

इनेप्लिज २०७६ माघ २ गते २२:५५ मा प्रकाशित

हरेक बर्ष झै तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाले यस बर्ष आगामी जनवरी २५ तारिख शनिवारको दिन सोनाम ल्होछार मनाउने भएको छ । यसको लागि भव्य तैयारी गरि रहेको आयोजकले जनाएका छन् ।

प्रवासमा रहेर पनि आफ्नो भाषा,संस्कृति र परम्परा अनुसारको चाडपर्व मनाउन पाउनु सिङ्गो नेपालीहरुको निम्ति गौरव भएको र ज़िम्मेवारी पनि हो भन्ने महसुसका साथ तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष प्रेम लामाले सम्पूर्ण सन्फ्रान्सिसको बे एरियाबासी नेपाली समुदायलाई उपस्थित भई सहयोग गरिदिनु हुन अनुरोध गर्दै सामुदायिक सदस्यहरुलाई चुलो निम्तोको समेत आह्वान गरेका छन् ।

साथै यसै सन्दर्भमा सोनाम ल्होछारको अवसरमा संस्थाले हाल नेपालको हिमाली भेग दोलखामा परिरहेको हिमपात र हिउको चिसोले बालबालिकाहरुलाई परिरहेको प्रभाव तथा असरलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा अध्ययनरत तामाङ समुदायमा बसोबास गर्ने १०० जना बालबालिकाहरुलाई केही न्यानो लत्ताकपडा समेत प्रदान गरिने घोषणा समेत गरेका छन् ।

कार्यक्रमको बिस्तृत जानकारी :

कहिले ? २०२० जनवरी २५ तारिख शनिबार
कहाँ ? 850 Judah St San Francisco
कति बजे ? ५ बजे देखी शुरु

प्रतिक्रिया