अलबिदा निशान -जति हासु भन्छु आँशुमा डुब्छ जीवन गाउने भाई मैले यसरी सम्झे

विजय थापा २०७६ माघ १ गते १२:०२ मा प्रकाशित

वाशिंगटन डिसी । अलबिदा निशान ! आज लामो समय पछि उनको बारेमा छोटो लेख्न मन लाग्यो । निशान भट्टराई हाम्रो गाउले भाई/साथी हुन् । अर्थात् बाल्यकालमा संगै हुर्किएको र भेटघाट भएको थुप्रै स्मरण मष्टिश्कमा घुमी रहेका छन् । उनि संग उनले १० कक्षा समाप्त गरे पछि कहिले भेट हुन् सकेन । उनि काठमाडौँ हानिए र आफ्नो कलाको माध्यम द्वारा आफ्नै पेशामा तल्लिन भए । ४० वर्ष अगाडी पछि उनि संग भेट हुने साइत नै कहिले जुरेन ।

उमेरमा यो पंक्तिकार भन्दा कान्छा हुन् । एउटा कलाकार कहिले नआउने गरि सधैका लागि छोडि जान्छ भने लाखौ करौडौ मानिसको मन दुख्छ र रुन्छ । प्रशंसक र संगीतप्रेमी व्यक्ति दुखित हुन्छन र असह्य पीडा हुन्छ । यस्तै अपत्यारिलो घटना हामी सबैका प्रिय कलाकार निशान भट्टराईले हामी सबैलाई छोडेर गएका छन् ।

गायक निशान भट्टराईको निधन भएको समाचारले सबैलाई आश्चर्य बनायो र मन दुखायो । दरबार्गस्थित वानथाई चमेनागृह (रेष्टुरेन्ट)मा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा मंगल बिहान दुर्घटनामा परी उनको निधन भएको पुष्टि भयो ।

जनवरी १४ मंगलबार नै दिउसो उको दाह संस्कार पनि सकियो उनि अब खरानी बने । उनी स्वर्गमा पुगुन भनि प्रार्थना गर्दछु र सबैले गरौ । अर्थात् स्व हाम्रो प्यारो भई भट्टराईको जहाँ घर हो त्यही आगनमा यो पंक्तिकार पनि हुर्किएको हो ।

यो पंक्तिकारले अमेरिकामा विभिन्न राज्यमा बसोबास गर्ने धरान घर भएका उनका बाल्यकालका साथी र छिमेकि दाईभाई संग उनका बारेमा जान्ने कोसिस गर्दा उनि संग भेटघाट गरेका सबैले आ-आफनै रोचक उनका कहानी सुनाए ।

उनले जीवनमा अर्काको गीत गएर नै जीवन यहाँ सम्म ल्याए र भगवानको प्यारो भए । धरानमा यो पंक्तिकारले उनि ५ कक्षामा हुँदा उनले दिप श्रेष्ठको जति हासु भन्छु आँशुमा डुब्छ जीवन र नारायण गोपालको मान्छेको माया यहाँ खोलाको पानी जस्तै लगायत गीत गाएर मनोरंजन गराएका थिए । बिद्यालयको सांस्कृतिक कार्यक्रममा । उनि र उनि दिदी लोचन भट्टराई सानै उमेर देखि कला भएका कलाकार थिए ।

५ कक्षामा उनको गीत सुने पछि कहिले आफूले उनको गीत सुन्ने अवसर पाइन् । काठमाडौँमा हुँदा कहिले उनको गीत सुन्ने अवसर पाईएन र मेरो भाग्य नै रहेनछ भनि अहिले चित्त बुझाएको छु । उनि किशोर अवस्थामा उनको अनुहार अर्कै सम्झन्छु र उनि दुई दशक अगाडी दुर्घटना परेको भन्ने धरान कै उनका बाल्यकाल साथी सरोज भट्टराईले बताए ।

उनको निधन भए पछि अमेरिका एटलान्टाका समाजसेवी तथा पर्यटनदूत राजा घलेले उनि संग खिचेको तस्बिर सामाजिक संजालमा राखे । घलेले खाना पनि खाएनन मिल्ने कलाकारको असामयिक निधनले चोट लागेको हुनाले झोक्रिए । उनि काठमाडौँ गएको समयमा राजा घले कै नाममा गीत पनि रचेर निशानले गाई दिन्थे । निशानले मुक्त कण्ठले पर्यटनदूतको प्रशंसा गर्थे । घलेले निशानलाई एक पटक अमेरिकाको भ्रमण गर्न ल्याउन ईच्छा अधुरो रहेको बताए । घलेले उनका बारेमा बोलेको भिडियो (श्रब्य दृश्य) नै बनाएर राखेका छन् ।

यस्तै गरि निशानका बाल्यकालका साथी र संगै धरान बिद्यालय पढेका हला अमेरिकामा रहदै आएका पूर्व कराते खेलाडी तथा अमेरिकन कराते प्रशिक्षक हाम्रा गाउले भाई सरोज भट्टराई निकै दुखित भए । बाल्यकालमा साह्रै मिल्ने साथी र आत्मीय गाउले दाई निशानसंग काठमाडौँमा भेट हुँदा निकै समय बिताउने सम्झना गरे ।

भने आफू काठमाडौँमा उनलाई मादक पदार्थ खान आग्रह गर्दा निशानले एक पटक दुर्घटना भए पछि आफूले घरमा गएर मात्र त्यसमा पनि निगार(वाइन )मात्र सेवन गर्ने भने पछि यो दुर्घटनामा उनले मादक पदार्थ खाएर चलाएको होला भन्ने आफू विश्वास नगरेको साथी सरोज भट्टराईले बताए ।

निशान भट्टराईको घर धरान विजयपुरमा छ र उनका छिमेकि र हाल नर्थ क्यारोलाइनामा बस्ने यो पंक्तिकारको साथीले उनको बुवा सानैमा बितेको बताए । र उनले १० कक्षा छोडे पछि काठमाडौँ गएको र कहिले भेट हुन् नसकेको बताए । यसै गरि अमेरिकाको न्यू ह्याम्पशायरमा बसोबास गर्दै आएका निशानका गाउले राम चन्द्र भण्डारीले सानोमा देखेको र अहिले यो कुरा सुन्दा विश्वास नै नगरेको बताए ।

यसै गरि नेपाली पत्रकारहरुको अन्तर राष्ट्रिय संजाल(इन्जा)का सभापति गुणराज लुइँटेल निशानको निधन भएको खबरले आश्चर्य र दुखित हुदै सरल ,सालिन भलादमी कलाकार रहेको बताए । उनले अरुको मात्र गीत गएता पनि उनको स्वरबाट आफू प्रभावित भएको कहानी सुनाए ।

भट्टराई आफैंले चलाएको गाडी तीनकुनेमा खम्बा (पोल)मा ठोक्किएको र गम्भीर अवस्थामा उनलाई ट्रमा सेन्टर (अभिघात केंद्र) पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

उनी दरबारमार्गस्थित बानथाइ रेष्टुरेन्ट(चमेना गृह)का संचालक र आफै गाउने समेत गर्दथे ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया