अष्ट्रेलियाको सिड्नीमा बिक्की गुरुङको लाईभ प्रस्तुती

इनेप्लिज २०७६ पुष २९ गते ११:३३ मा प्रकाशित

चर्चित गायक बिक्की गुरुङले अष्ट्रेलियाको सिड्नीमा लाईभ कन्सर्ट गर्ने भएका छन् कमेरो ईभेन्ट्सको आयोजनामा कुशल व्यवस्थापक बिक्रम गुरुङको नेतृत्वमा आउदो माग १० गते अर्थात जनवरी २४ मा अष्ट्रेलियाको सिड्नी स्थित सार्क होटलमा उनले सांगितिक प्रस्तुती दिनेछन् ।

अष्ट्रेलियामा हुने यो ईभेन्टमा बिक्कीलाई डिजे शुशिलले साथ दिनेछन् । बिक्की गुरुङ्ले यसअघि पनि अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा आफ्नो प्रस्तुती दिईसकेका छन् । स्टेजमा ईनर्जिका साथ प्रस्तुती दिने बिक्कीलाई लाईभमा औधी रुचाईने आयोजकहरु बताउँछन् ।

थुप्रै ईभेन्ट आयोजना गरिसकेका व्यवस्थापक बिक्रमका अनुसार यो कन्सर्ट बिशेष हुनेछ । थुप्रै सांगीतिक कार्यक्रमको व्यवस्थापक रहेका बिक्रमले बिक्की गुरुङ्गको कार्यक्रमलाई नेतृत्व गर्न पाउँदा खुसी लागेको बताए ।

 

बिक्कीले यसअघि पनि बिक्रम गुरुङ्को नेतृत्वका केही कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् । सार्क होटलमा आयोजना हुने यो कार्यक्रममा दर्शकहरुको उल्लेखनिय उपस्थिती रहने बिश्वास लिईएको छ । आयोजक टिम कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न लागिपरिरहेको व्यवस्थापक बिक्रमले जानकारी दिएका छन् । युवापुस्ताको मनामा बस्न सफल गुरुङ्को मरी जाउ, केवल, मरी जाउ २ लगायतका गीत चर्चित छन् ।

प्रतिक्रिया