दुर्घटनामा परि गायक निशान भट्टराईको निधन

इनेप्लिज २०७६ पुष २९ गते १:५७ मा प्रकाशित

 

काठमाडौं : गायक निशान भट्टराईको निधन भएको छ। सोमबार राति दरबार्गस्थित वानथाई चमेनागृह (रेष्टुरेन्ट)मा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परी उनको निधन भएको संगीतकार मिलन मोक्तानले जानकारी दिए।

भट्टराई आफैंले चलाएको गाडी तीनकुनेमा खम्बा (पोल)मा ठोक्किएको थियो । गम्भीर अवस्थामा उनलाई ट्रमा सेन्टर (अभिघात केंद्र) पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

दुर्घटना पछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएपनि उनलाई बचाउन नसकिएको मोक्तानले बताए। धरान बिजयीपुर घर भएका स्व भट्टराई प्रसिद्ध गायिका लोचन भट्टराईका भाइ हुन् ।

प्रतिक्रिया