आइतबार, चैत २३ २०७६
काठमाडौं ०९:५१
वासिङटन डिसी 00:06

अमेरिकामा हुने जनगणनामा नेपालीहरुको पनि सहभागिता

अर्जुन थापा २०७६ पुष २८ गते २२:१२ मा प्रकाशित

अमेरिकामा प्रत्येक १० बर्षमा जनगणना हुन्छ | यो बर्ष २०२० मा अमेरिकाले जनगणना गर्दैछ | यसपालिको जनगणनामा नेपालीहरुको पनि उलेख्य मात्रामा सहभागिता रहने अनुमान गरिएको छ | त्यसोत्  २०१० पनि नेपालीहरुको सहभागिता नरहेको भने होइन तर त्यस बखत न्युन थियो | त्यस्को तुलनामा यस पटक धेरै नेपालीले सहभागिता लिदैछन |यसको फाइदा लिदै एन आर एन ए अमेरिकाले पनि आफ्ना निकट च्याप्टर मार्फत समिति बनाइ अमेरिकामा बस्ने नेपाली समुदायमा एक जनचेतना फैलाउने काम गरिहेको छ | यस बर्षको जनगणनामा भने अमेरिकामा बस्ने नेपालीहरुले आफ्नो फारम भर्दा बुदा नम्बर ९ मा रहेको अन्य एसियन लेखिएको ठाउमा नेपाली पनि लेख्न छुटाउनु हुदैन | जसले गर्दा अमेरिकामा बसोबास गर्ने नेपालीहरुको जनसंख्या थाहा हुन जान्छ | अझ सम्म नेपालीहरु कति छन भन्ने ठ्याक्कै भन्न सकिएको छैन | यसबाट एक डाटा आउने र नेपालीहरु कति बसोबास गर्दछन भन्ने जानकारी हुनेछ |

जसले गर्दा अमेरिकी सरकार सामु हाम्रो समुदायको एउटा भरपर्दो तथ्यांक रहनेछ र हाम्रो समुदायलाई हुन सक्ने थप सुबिधाहरुको बारेमा सरकारले स्पष्ट धारणा बनाउन मझबुत भूमिका निभाउने छ | जनगणनामा सहभागी हुनु एक जिम्मेवार नागरिकको कर्तब्य पनि हो | यस्ता काममा सहभागी हुनबाट छुट्नु हुदैन यस्ता अन्य धेरै फाइदा लिन सकिने हुदा प्रत्येक नेपालीहरुले आफुले भर्ने फारमको बुदा नम्बर नौ मा रहेको अन्य एसियन लेखिएको ठाउमा स्पष्ट हुनेगरी नेपाली पनि लेख्न एन आर एन ए अमेरिकाले आह्वान गरेको छ | त्यसै कार्यलाई अझ प्रभावकारी बनाउन एन आर एन ए अमेरिकाले आफ्ना प्रत्येक च्याप्टर मार्फत एक कम्प्लिट काउण्ट कमिटि गठन गरेको छ | त्यसै अनुरुप एन आर एन ए केन्टकी च्याप्टरले च्याप्टरका अधक्ष्य डिलु पराजुलीको अधक्ष्यतामा बसेको भेलाले एक समिति गठन गरेको छ | उक्त समितिको अध्यक्षमा शशि चन्द्र अधिकारी संयोजक केशव राज लोहनी, प्रकाश शर्मा, बद्री दाहाल र प्रदीप बिस्ट उप-संयोजक रहने गरी एक “Census 2020 Kentucky State Complete Count Committee” गठन गरेको छ । उक्त समितिको सदस्य सचिवमा साम्ब प्रसाद लामिछाने रहनु भएको छ । समितिका सदस्यहरूमा निम्न अनुसार रहनु भएको छ |

पोषराज भुजेल , रेखा जोशी , अर्जुन किशोर न्यौपाने , डमरु पौडेल, राज कु लामिछाने , दिवाकर भट्ट , उमा उप्रेती ओझा , अर्जुन थापा , नसिम अन्सारी , थिर लाल अर्याल , गोपाल कंडेल , नबिन तिवारी , परशुराम आचार्य , हरि पाण्डे , बिरेन्द्र अधिकारी , चन्नु भट्टराई , दिब्य राज कोइराला , सुमन दाहाल र मोहनी डुम्रे रहनु भएको छ |

साथै, उक्त समितिलाई सल्लाह दिन डिलु पराजुली, लक्ष्मी खड्का, अनु चित्रकार, गोपाल नेपाल रहनु भएको एक सल्लाहकार समिति पनि बनाइएको छ ।

उल्लेखित समितिले केन्टकीमा बसोबास गर्ने हरेक नेपालीलाई जनगणनामा सहभागी हुन प्रेरित गर्दछ भने बुदा नम्बर नौ मा नेपाली पनि लेख्नु पर्ने पनि जानकारी गराउछ | अमेरिकामा हुने जनगणनामा निम्न लिखित चरणहरु हुने छन |

अमेरिकी तथ्याङ्क विभागले निम्न समयमा निम्न कार्य गर्ने बताएको छ:

मार्च १२-२०: अनलाइनबाट फर्म भर्न अनुरोध सहितको निमन्त्रणा पत्र पठाउने छ ।

मार्च १६-२४: सम्झना गराउनलाई अर्को पत्र पठाउने ।

मार्च २६-अप्रिल ३: अघिल्ला प्रयास बाट पनि फर्म नभरेको अवस्थामा फेरि सम्झाउन एउटा पोस्ट कार्ड पठाउने ।

अप्रिल ८- १६: फेरि सम्झाउनलाई एउटा पत्र पठाउने र साथमा कागजी प्रश्नपत्र पनि पठाउने ।

अप्रिल २०-२७: अझै धेरै ढिलो भएको छैन भनी अन्तिम पटक सम्झाउन एउटा पोस्ट कार्ड पठाउने।

प्रतिक्रिया