मंगलबार, माघ ७ २०७६
काठमाडौं २०:०४
वासिङटन डिसी 09:19

बाल्टिमोरमा सप्ताहान्त शनिबार भएको गोलीबारीमा ५ जनाको मृत्यु ,१२ जना घाइते

इनेप्लिज २०७६ पुष २७ गते २३:०४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको छुट्टा छुट्टै स्थानमा गोली चल्दा एकै दिनमा ५ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । गत शनिबार जनवरी ११ का दिन दिउसो २:३० मा गोलीबारी चलेको जानकारी प्राप्त भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

बाल्टिमोर शहरको उत्तारपूर्वीय क्षेत्रको सवारी साधनमा ३ जना महिला घाईते भएका छन् भने २८ बर्षिय एक महिला अस्पताल पुगेको केही क्षणमा मृत्यु भएको छ । उक्त घटनाको केही समय पछि बाल्टिमोरको दक्षिणपूर्वमा एक ४६ बर्षिय मानिसलाई खुट्टामा गोली प्रहार गरिएको छ भने दोश्रो अर्को ४० बर्षिय मानिसलाई पनि खुट्टामा गोली हानिएकोले उपचारको लागि अस्पताल गएका छन् ।

२:३० को घटना पछि लगत्तै शनिबार बाल्टिमोरको दक्षिणपूर्व मै एक व्यक्ति माथि गोली हानिएको छ भने बाल्टिमोरको मध्य स्थानमा ३७ बर्षिय मानिसलाई पनि घाइते बनाइएको प्रहरीले जनाएका छन् ।

यसै गरि जनवरी ११ शनिबार कै दिन उत्तरपूर्व बाल्टिमोरमा साँझ ७ बजे ३८ बर्षिय मानिसलाई पनि गोली प्रहार गरिएको छ । दक्षिण पश्चिम बाल्टिमोरमा एक घण्टा पछि भएको गोलीबारीमा एक मानिस घाइते र अर्को मानिसको मृत्यु भएको छ । केही मिनेट पछि उत्तरपूर्वी बल्टिमोरमा थप गोलीबारीले एक ३७ वर्षीय मानिस घाइते भएका छन् ।

गत शनिबार राती ११ बजे अगाडी हिँसा अन्त्य भएको थियो भने अधिकारीहरूले उत्तर-पश्चिम बाल्टीमोरमा एक २४ बर्षे मानिसलाई गोली लागेको अवस्थामा फेला पारेका थिए । बाल्टिमोर शहरमा गत बर्ष ३४८ मानव हत्या भएको रेकर्ड(अभिलेख) गरेको छ । यो लगातार पाँचौ वर्ष ३०० भन्दा बढी हत्या र प्रति व्यक्ति आधारमा सबैभन्दा हिंसात्मक वर्ष हो।

बाल्टिमोर शहर काउन्सिल(परिषद)का अध्यक्ष ब्रान्डन स्कट र डेमोक्र्याट नगर प्रमुखले आइतवार एक विज्ञप्ति जारी गरी उक्त हिंसाको निन्दा गरेका छन् ।

“यो हिंसा हृदय विदारक हो र अब रोकिनु पर्छ,” स्कटले भने, उनले बाल्टिमोरका प्रहरी अधिकारी (कमिश्नर) र अन्य सँस्था (एजेन्सी) प्रमुखलाई गोलीबारी अघि र पछिका प्रभावित समुदायमा के गरिरहेछन् भन्ने बारेमा प्रश्न गर्ने योजना बनाएको बताएका छन् ।

समाचार श्रोत :एसोसिट प्रेस (एपी)

प्रतिक्रिया