बिहीबार, फागुन ८ २०७६
काठमाडौं ०३:३७
वासिङटन डिसी 16:52

टेक्ससका गभर्नरले नयाँ शरणार्थीहरूलाई अस्वीकार गर्ने

शरणार्थीलाई अस्वीकार गर्ने अमेरिकाका पहिलो गभर्नर

इनेप्लिज २०७६ पुष २७ गते २१:२७ मा प्रकाशित

टेक्ससका गभर्नरले नयाँ शरणार्थीहरूलाई अस्वीकार गर्ने भएका छन् । उक्त आदेशलाई रोक्न तीन राष्ट्रिय पुनर्वास (सँस्था)एजेन्सीहरूले ट्रम्प प्रशासनलाई मुद्दा हालेका छन् ।

टेक्ससका गभर्नर ग्रेग एबोट शरणार्थीलाई अस्वीकार गर्ने अमेरिकाका पहिलो गभर्नर बनेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कार्यक्रममा सहमति जनाउन स्थानीय क्षेत्राधिकार सशक्त गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि उनले गत शुक्रबार उक्त कदम चालेका हुन् ।

रिपब्लिकन दलका गभर्नर एबटले अमेरिकी विदेश बिभागलाई लेखेको पत्रमा भनिएको छ “नतिजाको रूपमा टेक्ससले यस आर्थिक वर्षमा शरणार्थी पुनर्वास गर्न सहमति हुन सक्दैन,” । यस निर्णयले अमेरिकी शरणार्थी कार्यक्रमलाई ठूलो चोट पुर्‍याएको छ किनभने टेक्सस अमेरिकामा शरणार्थीहरूको सबैभन्दा ठूलो प्राप्तकर्ता हो। अमेरिकी विदेश बिभागले यस बिषयमा कुनै टिप्पणी गरेको छैन ।

एबटले शरणार्थीहरूलाई सन् २०१५ अगाडी नै पेरिसमा भएको घातक हमला पछि टेक्ससमा सिरियाका नागरिकलाई स्वागत नगर्ने भनि कोसिस गरेका थिए । त्यस समयमा पूर्व राष्ट्रपति बराक ओबामाको प्रशासनले टेक्सस र विपक्षी रिपब्लिकन गभर्नरको नेतृत्वमा अन्य राज्यहरूमा शरणार्थीहरू पठाउन जारी राखेको थियो ।

पुनर्स्थापना सँस्था (एजेन्सी)लुथरन आप्रवासन र शरणार्थी सेवाको तथ्यांक अनुसार हालसम्म ४१ गभर्नरहरू जस मध्ये १८ रिपब्लिकन र कम्तिमा सात दर्जन स्थानीय अधिकारीहरूले पुनःस्थापनाका लागि सहमत भएका छन् ।

फ्लोरिडा र जर्जिया, शरणार्थीका अन्य प्रमुख प्राप्तकर्ताहरू अहिलेसम्म आफ्नो अडानमा मौन छन्। फ्लोरिडाको गभर्नरको कार्यालयले मुद्दाको समीक्षा गरिरहेको छ भने जर्जियाले यसमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

आप्रवासीलाई कटौती गर्नु र २०२० मा ट्रम्प पुनः निर्वाचनमा बिजयी हुनु ट्रम्प अभियानको मुख्य ध्येय हो।ट्रम्पले यस वर्षको लागि १८ हजार शरणार्थीलाई प्रवेश दिने सिमित गरेका छन् । जुन अहिले सम्म कै सन् १९८० देखि आधुनिक शरणार्थी कार्यक्रम शुरू भए देखि सबैभन्दा तल्लो स्तर हो।

नौवटा राष्ट्रिय पुनर्वास एजेन्सी मध्ये तीनले उक्त आदेशलाई कार्यान्वयन हुनबाट रोक्नको लागि ट्रम्प प्रशासनलाई संघीय अदालतमा मुद्दा हालेका थिए। यस हप्ता यस मुद्दामा बहस भएको थियो । र पूर्व डेमोक्र्याटिक राष्ट्रपति बिल क्लिन्टनले नियुक्त गरेको मेरील्याण्डको ग्रीनबेल्टमा अमेरिकी जिल्ला न्यायाधीश पीटर मेसिट्टले चाँडै यस मुद्दामा फैसला सुनाउन सक्नेछन्।

समाचार श्रोत : अलजजिरा अमेरिका ,तस्बिर :युएसए टुडे

प्रतिक्रिया