मंगलबार, माघ ७ २०७६
काठमाडौं १९:४६
वासिङटन डिसी 09:01

डिसी डलस विमानस्थलबाट न्यूजर्सी उडेको हवाईजहाजमा उदण्ड यात्रीले कर्मचारी र प्रहरीमाथि आक्रमण गरेकोमा पक्राउ

इनेप्लिज २०७६ पुष २७ गते १५:४२ मा प्रकाशित

अमेरिकाको डिसी महानगर स्थित डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यूजर्सीको नेवार्कको लागि उडेको हवाईजहाजमा उदण्ड यात्रीले कर्मचारी र प्रहरीमाथि आक्रमण गरेकोमा पक्राउ गरिएको छ । उक्त उपद्रवी यात्री बिमान चालक बस्ने स्थान (ककपिट)मा जाने क्रममा उनलाई रोक्ने प्रयास गर्दा उनले बिमान परिचारिका/सहायकलाई समेत मुक्का हानेका थिए ।

युनाईटेड एक्सप्रेस को उडान डिसी को डलसबाट न्यु जर्सी अवतरण गर्ने समयमा म्याथ्यु डिंगले अनोठौ क्रियाकलाप गरे पछि विमानमा रहेका यात्रीहरु निकै भयभित (नर्भस) भएका थिए । उक्त व्यक्ति आफ्नो स्थान बाट उठेर ककपिट को ढोकामा पुगेका थिए । उक्त घटना ४९६५ उडान संख्यामा भएको हो । उनले महिलालाई लगातार कुटी रहे र एक जना यात्रीले उक्त घटनालाई नियन्त्रण गरेकोले ठूलो दुर्घटना हुन् बाट बचेको प्रहरीले जनाएका छन् ।

जब विमानस्थलमा उक्त हवाई जहाज झरे पछि प्रहरीले उनलाई पक्राउ गरेका छन् । चकित यात्रीहरू पागल मानिसको क्रोध हेरी रहेका थिए भने प्रहरीलाई समेत आक्रमण गरेका थिए ।

बिमानक कर्मचारी अस्पताल मुक्त गरिएको छ भने २८ बर्षिय डिंगले यो भन्दा अगाडी पनि उनलाई प्रहरीले २०१६ मा रक्सी सेवन गरेको आरोपमा प्रकाउ गरेको थियो ।

समाचार :एनबिसी न्युज न्युयोर्क

प्रतिक्रिया