मंगलबार, माघ ७ २०७६
काठमाडौं २०:५२
वासिङटन डिसी 10:07

इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता स्थायी रूपमा युरोप बस्ने घोषणा

इनेप्लिज २०७६ पुष २७ गते १३:३९ मा प्रकाशित

इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलीजादेहले स्थायी रूपमा युरोपको लागि आफ्नो देश छोडेकी छिन्। “म अभिवादन, विदाई तथा सान्त्वनाका साथ शुरू गर्छु ” २१ वर्षीयाले सामाजिक संजाल इन्स्टाग्राममा लेखेकी छिन ।

आफूलाई आघात किन भै रहेको छ भनि उनले लेख्ने हिम्मत गरिन । उनले अगाडी भनेकी छिन “म इरानमा लाखौं उत्पीडित महिलामध्ये एक हुँ जो उनीहरूसँग वर्षौंदेखि खेलिरहेकी छु।” २०१६ को रियो ओलम्पिकमा ५५ केजी वर्गमा तेक्वान्दोमा कास्य पदक बिजेता अलीजादेह ओलम्पिक पदक जित्ने पहिलो ईरानी महिला हुन् । उनले तेहरानको शासनको आलोचना गर्दै आफ्नो जन्म देश छोड्ने घोषणा गरिन ।

“उनीहरूले मलाई जहाँ चाहन्थे लैजान्थे। उनीहरुले जे भन्थे म त्यही लगाउँथे। हरेक वाक्य उनीहरूले मलाई भन्ने भनेर आदेश गरे, म दोहोर्याउँथे। जब उनीहरूले उचित देखे ,उनीहरूले मेरो शोषण गरे उनले भनिन ।

“म उनीहरूको लागि महत्वपूर्ण थिईन। हामीमध्ये कसैले पनि उनीहरूको वास्ता गरेनौं, हामी औजारहरू थियौं,” । अलिजादेह अझ यसो भनिन कि शासनले आफूले पदक जिते पछि उत्साह र खुशी मनाउने समयमा आफूले छनौट गरेको खेलको आलोचना गरे । “महिलाको गुण उसको खुट्टा फैलाउनु हुँदैन ‘भन्ने सम्म भने भनि उल्लेख गरिएकी छिन् ।

श्रोत :सिएनएन

प्रतिक्रिया