तमु धिं क्यानडा द्वारा “तमु ल्होछार” कार्यक्रम भब्यताका साथ सम्पन्न

इनेप्लिज २०७६ पुष २७ गते ३:१० मा प्रकाशित

ब्राम्प्टन, तमु धिं क्यानडा द्वारा “तमु ल्होछार” बिबिध कार्यक्रम सहित भब्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रमको उदघाटन गुरुङ समुदायका ९५ बर्षिय बयोबॄद्द महिला श्री प्रभा गुरुङ ले कलात्मक पानसमा दीप प्रज्वलन गरि गर्नु भएको थियो। उदघाटन पस्चात बोल्नु हुदै उहाँले कार्यक्रमको उदघाटन गर्न पाएकोमा आफू भाग्यमानी भएको बताउनु हुदै सबैको शुभ कल्याणको कामना पनि गर्नु भयो ।उदघाटन पछी डा. हरि गुरुङले गुरुङ परम्परा अनुसार पॄथ्बीका सम्पूर्ण प्राणीको भलो होस भनी भगबान संग प्रार्थना गर्नु भयो ।साथै उहाँले बर्तमान भूमण्डलीय उष्णीकरण ले गर्दा आईपरेको प्राकॄतिक बिपदको अन्त्यको लागि पनि कामना गर्नु भयो ।

त्यसपछी संस्थाका सल्लाहकार बीरकाजी गुरुङले उपस्थित सबैलाई हार्दिक स्वागत गर्नु हुदै ल्होछार पर्ब लाई माया गरि सहभागिता जनाईदिनु भएकोमा आफूहरु उत्साहित भएको बताउनु भयो । तत्पश्चात गुरुङ राष्ट्रीय गान गाईएको थियो भने साना साना नानीहरुले गुरुङ संस्कॄतिका लुगा लगाई नेपाली तथा क्यानडेली राष्ट्रीय गानमा साथ दिंएका थिए।साथै गुरुङ संस्कॄतिका लुगा लगाई बिभिन्न उमेर समुहका सदस्यहरुले फेशन परेड गर्दा दर्शक दीर्घा बाट ताली बजाएर स्वागत गरेका थिए ।

कार्यक्रमको अर्को रोचक पक्ष ” स्याई स्याई” संस्कृति पनि हो ।जस अनुसार प्रत्येक १२ बर्षमा एक पटक आउने नया बर्षको एउटा बर्गमा जन्म साल हुने सबैलाई गुरुङ समुदायका जेष्ठ सदस्यहरुले शुभकल्याणको लागि बिधिबत आशिर्बाद दिएका थिए । यस बर्ष मुसा बर्ग को नया बर्ष हो ।

कार्यक्रमको दोश्रो चरणमा अतिथिहरुको मनोरन्जनार्थ गुरुङ सस्कॄति झल्किने युगल , सामुहिक तथा एकल नॄत्य प्रस्तुत गरेका थिए भने त्यस्तै गरि नेपाली नॄत्य र गीत हरु पनि प्रस्तुत गरेका थिए ।गुरुङ समुदायको आकर्षक कौडा नृत्य प्रस्तुत गर्दा दर्शक दीर्घा बाट थुप्रैले साथ दिएका थिए ।कार्यक्रममा स्थानिय कलाकारहरु राजकुमार, मनिश, बीरकाजी, खुसि , सिता, यशु, यास्मिन, सराहना, सम्बॄद्दि, जीसा, फ्रेडा,दीपलक्ष्मी, लीयना, अभेलिन, सोम अमिता, अनुशा,सोनम, अमॄता, अल्मा, अनिमा, सोनम, यमुना, सुस्मा, समीर, शेम, पुजन, पन्च, नन्दा, संगीता शोभा गुरुङ तथा राम काजी मोक्तान लगायतको सहभागिता थियो । सोहि कार्यक्रममा गुरुङ एकता समाज, लण्डनले पनि नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रायोजन गरि सहयोग गर्नु हुने हरुलाई डा. हरि गुरुङ, नबराज गुरुङ, सोम गुरुङले मायाको चिनो प्रदान गरेका थिए भने  राज कुमार गुरुङले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण लाई धन्यबाद ब्यक्त गर्नु भएको थियो । गुरुङ संस्कॄतिको प्रबर्द्दन तथा संरक्षण गर्ने उद्देश्यले तमु धिं क्यानडाले बिगत केहि बर्ष देखि निरन्तर रुपमा सो कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रतिक्रिया