ग्रीसमा आप्रवासी चढेको जहाज डुब्दा १२ जनाको मृत्यु ,२१ जनाको उद्धार

इनेप्लिज २०७६ पुष २७ गते २:३९ मा प्रकाशित

ग्रीसको तटरक्षकले आप्रवासी चढेको जहाज डुबे पछि १२ जनाको शव फेला पारेका छन् । र २१ जनाको उद्धार गरिएको छ भने उक्त जहाज शनिबार पाक्सोस टापुमा डुबे पछि उनीहरुलाई उद्धार गरिएको हो । जहाजमा चढेका एक आप्रवासीले अधिकारीहरूलाई बिहान ९ बजे पछि जहाज समस्यामा छ भनेर सतर्कता गराएका थिए । डुब्नु को कारण र मृतक तथा पिडितको नाम हाल सम्म उपलब्ध हुन् सकेको छैन ।

ग्रीसको तटरक्षकका प्रवक्ताका अनुसार उक्त जहाजमा क्षमता भन्दा ज्यादा ५० जना यात्रुहरु राखिएको कारण हुन् सक्ने बताएका छन् । यसको लागि बृहत अनुसन्धान र उद्धार कार्यमा संलग्न भै रहेको ग्रिक तटरक्षकले बताएका छन् ।

हालसम्म उद्धार गरिएका २१ मध्ये ३ जनालाई नौसेनाको उदग्रविमान(हेलिकप्टर)ले चिकित्सा सेवा लिन अस्पताल लागेका छन् । संयुक्त राज्य शरणार्थी सँस्था(एजेन्सी)का अनुसार गत वर्ष ७४,४८२ आप्रवासी ग्रीस आएका थिए । ५९,५९१ समुन्द्रबाट र १४,८९१ जमिनबाट आएका थिए ।

जसमध्ये धेरैजसो अफगानिस्तान र सिरियाका थिए।

श्रोत :युपीआई,तस्बिर :विकिपिड़िया 

प्रतिक्रिया