अन्तर्राष्ट्रिय भारत्तोलक कार्कीलाई नेपालमा विभिन्न क्षेत्रबाट सम्मान

विजय थापा २०७६ पुष २६ गते ११:५८ मा प्रकाशित

डिसी । अन्तर्राष्ट्रिय भारत्तोलक कार्कीलाई नेपालमा विभिन्न क्षेत्रबाट सम्मान प्राप्त भएको छ । उनले खेलको माध्यम द्वारा बिश्वमा नेपाल र नेपालीको शिर उच्च गर्न सफल भएकोमा नेपाल पुगेको अवसरमा उनलाई विभिन्न क्षेत्रबाट सम्मान गरिएको हो ।

कार्कीलाई भ्याईनभ्याई भएको छ भने उनि ३ महिनाको लागि नेपाल पुगेका हुन् । डिसी क्षेत्रका वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगिताका स्वर्ण पदक बिजेता कार्की नेपालमा हुने राष्ट्रिय भारत्तोलन प्रतियोगिता (पावर लिफ्टिङ )को लागि नेपाल गएका हुन् ।

उनि आफ्नो मातृभूमिमा आयोजना हुने प्रतियोगितामा आफूले हासिल गरेका ज्ञान र शीपको साथै प्रतियोगितालाई गर्न सक्ने सक्दो सहयोगको मातृभूमि पुगेका हुन् । उनि गत डिसेम्बर ३ का दिन नेपाल उडेका हुन् भने नेपालमा नेसनल पावरलिफ्टिंग (राष्ट्रिय भारत्तोलन) प्रतियोगिता जनवरी १२ ,२०२० मा हुदैछ ।

उनलाई मायाको चिनो ,प्रशंसा पत्र र सम्मान पत्र काठमाडौँ र आफ्नो गृह नगर भैरहवा तथा बुटवलमा प्राप्त भएका छन् । उनलाई अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन ले ८ औ किन्डर ओलम्पिक -२०७६ ,शान्ति बिद्यालय अलुमनाई एसोसिएसन,सेन्ट लरेन्स कलेज ,भैरहवा बहुमुखी क्याम्पस ,कपिलवस्तु श्री ,भद्रकाली इंगलिस स्कुल ,बुटवल उद्योग बाणिज्य संघ ,रुपन्देही भ्याली पब्लिक माध्यमिक बिद्यालय लगायत बिभिन्न संघ/संस्था द्वारा सम्मानित भएका छन् ।

उनलाई आफ्नो तौल समूहमा बिश्व च्याम्पियन बन्दै स्वर्ण पदक जित्न सफल व्यक्तित्व भन्दै सम्मान गरिएको हो । साथै सम्मान गर्ने सबैले कार्कीलाई उनको उन्नति प्रगति,सम्वृद्धि को लागि कामना समेत गरेका छन् ।

कार्कीले गत गत अक्टोबर २७ का दिन मास्टर टु ( Master 2 )२२० पाउण्ड तौल समूहमा आयरल्याण्डमा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका थिए भने उनले एटलान्टामा २०१७ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग प्रतियोगितामा मास्टर वान( master 1)प्राप्त गरेका थिए ।

कार्की ड्रग टेस्टेड (कृतिम रुपमा शारीरिक बल वृद्धि गर्न ओखति प्रयोग नगर्ने बिधि ) खेलाडी हुन् । उनले अमेरिकामा भएका विभिन्न प्रतियोगितामा सहभागी भै स्वर्ण पद लगायत प्राप्त गरि सकेका छन् । अमेरिकाको ईतिहासमा कार्की यो खेल खेल्ने पहिलो खेलाडी हुन् ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया