तमु प्ये ल्हु संघ कतारद्वारा च्यु ल्होसार बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ पुष २६ गते ४:१७ मा प्रकाशित

दोहा, कतार । तमुहरुको महान राष्ट्रिय पर्व च्यु ल्होसारको शुभ अवसरमा तमु प्ये ल्हु संघ कतार शाखाले गत ३ जनवरी शुक्रबारका दिन दोहा स्थित गल्फ होराईजन होटलको सभाहलमा भब्यताका साथ सम्पन्न गरेको छ ।

संघको सचीव देव चम्रु तमु र कार्यक्रम संयोजक चन्द्र ल्हेगे तमुले संचालन गरेको उक्त कार्यक्रममा संघका अध्यक्ष रबिन्द्र प्ल्हे तमुको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिमा नेपाली नियोग कतारका महामहिम राजदुत डा: श्री नारद नाथ भारद्वाज रहेका थिए ।

प्रमुख अतिथी महामहिम राजदुत डा: नारद नाथ भारद्वाले तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको उपलक्ष्यमा कतारमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी लाई ल्होसारको शुभकामना व्यक्त गर्दै नेपाली राजदुतावासको तर्फबाट सक्दो साथ र सहयोग रहने गुरुङ जातिहरुमा रहेको यो मुल्यवान संस्कार ,संस्कृति प्रति गौरवान्वित रहेको महसुस गर्दै इतिहासको चर्चा परिचर्चा हाम्रो देश नेपाललाई नेपाली भई चिनाउन र बचाउन स्व अंशु गुरुङको योगदानको खुलेर प्रंशास गरेका थिए ।

परदेशमा रहेर आफ्नो महान पर्व मनाउनको निम्ति कार्यक्रम सुरुवात घरदेशको नेपाली राष्ट्रिय गान सगै कर्मभुमी कतारलाई संमान स्वरुप कतारको राष्ट्रिय गान समेत बजाईएको थियो ।

कार्यक्रम बारेमा प्रकाश पार्दै प्रथम उपाध्यक्ष चन्द्र ल्हेगे तमुले स्वागत मन्तव्यद्वारा उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए। कार्यक्रममा नेपाली नियोग कतारका प्रबिन भट्टराई,प्रथम सचीव अनु खनाल तृतीय सचीव जिना अधिकारी ,संघको पच्यु खेगी जीवन ल्हेगे तमु क्ल्हप्री गुरु, नवीन टु क्ल्हप्री तमु , खेगी, नवीन टु क्ल्हप्री तमु संघका जेष्ठ नागरिक खिम ब: प्ल्हे तमु, प्रमुख संरक्षक युद्धजङ्ग प्हच्यु तमु ,प्रमुख सल्हाकार अमर ल्हेगे तमु , संघको निमन्त्रणालाई स्वीकार गरि नेपालबाट आमन्त्रित कलाकारद्वय लमजुङ जिल्ला निवासी तमु गुरुङ चलचित्रका नायक तथा जिफन एसोसिएसन नेपालका सदस्य एंव तमु प्ये ल्हु संघ लमजुङ शाखाका सदस्य बिष्णु प्ल्हे तमु , स्याङ्जा जिल्ला हाल काठमाडौ निवासी लोक तथा दोहोरी गायिका सिमा त्लेंजा तमुस्यो , लमजुङ जिल्ला निवासी बाल कलाकार डान्सर एंव कोरियोग्राफर सरस्वती त्हार तमुस्यो, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मानर्थ सदस्य बिमल सुवेदी, सदस्य होमनाथ शर्मा ,सदस्य क्रान्ति सिंह ,सदस्य अजिज अलि , समाजसेवी तथा बुद्धिजिवि बिल तमु ,साथै बुधबल तमु ,गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष उत्तम तमु , बैचारिक संस्थाहरु नेपाली प्रवासी मंच कतारका अध्यक्ष चानक पोखरेल , नेपाली जनसम्पर्क समिती कतार , नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, नेपाली महिला समाज कतार का.बा. अमिना खान , साथै अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष सिताराम थापा त्यस्तै विभिन्न प्रदेशका संयोजकहरु नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका प्रथम उपाध्यक्ष पुरुषतम सुनुवार, तमु गुरुङ समाज कतारका अध्यक्ष भाईकाजी तमु लगायत मात्री संस्थाहरु नेपाल मगर संघ शाखा कतार , किराँत याक्थुङ्ग चुम्लुङ कतार ,नेपाल प्रवासी तामाङ समाज कतार , थारु कल्याणकारी च्यप्टर दोहा कतार , सुनुवार सेवा समाज कतार , भुजेल सेवा समाज कतार , राई यायोख्ख शाखा कतार , साथै विभिन्न जिल्लागत संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरू ,व्यावसायिक तथा समाजसेवी ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापति तथा सम्मानिय प्रमुख अथितीको हस्त बाहुलीबाट दिप प्रज्वलन गरि कार्यक्रमको समुद्वाटन गरिएको थियोे ।

नेपाल बहुभाषिक ,बहुसाँस्कृतिक, मुलुक हो । यसमा पनि छुट्टै आफ्नै पहिचान रहेको तमु जातिको राष्ट्रिय गान संगै तमु ह्युल्सा क्वोई संगै तमु प्ये ल्हु संघ स्वागत गित पनि बजाईएको थियो भने संघको खेगी गुरुहरुबाट शास्त्रीय बेदअनुसार च्यु ल्होसारको उपलक्ष्यमा आसिमालाँ / शुभकामना व्यक्त गरेका थिए ।
यसै गरि तमुहरुको ल्होसारको महत्त्व बारेमा प्रमुख संरक्षक युद्ध जङ्ग प्हच्यु तमु ज्युले प्रकाश पार्दै उपस्थित सम्पुर्णमा च्यु ल्होसारको शुभकामना तथा कार्यक्रम सफलताको कामना व्यक्त गरेका थिए ।

साथै यस च्यु ल्होसार बिशेष साँस्कृतिक कार्यक्रम २०२० लाई भब्यताका साथ सफल पर्नालाई थुप्रै मनकारी दानवीरहरुद्वारा खुलेर आर्थिक सहयोग समेत गरेका थिए

ल्होसार एउटा शुभकामना आदानप्रदान तथा स्योकैं कार्यक्रम भएकोले उपस्थित सम्पुर्णले च्यु ल्होसारको आशिमाल / शुभकामना गर्दै तमु तमुस्यो चेलीहरुले बनाएको मीठो परिकार रोटि खानपिनको ग्रहण गर्दै सम्पूर्णमा मनोरञ्जन तथा तमु संस्कार पछि संस्कृतिले प्ये ताँ ल्हु ताँ संरक्षण र प्रवर्द्धन गर्नमा टेवा पुग्ने र ल्होसार पर्वमा सम्पुर्ण उपस्थित दर्शक महानुभाबहरु लाई भरपुर मनोरञ्जन दिलाउन सफल संघको साँस्कृतिक बिभागद्वारा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति दिई मनोरञ्जन दिलाउन सफल भएको थियो।

यसै गरि नेपालबाट मुख्य आकर्षक अथिती कलाकारद्वय बिष्णु तमु ,सिमा तमुस्यो , सरस्वती तमुस्योको बेजोड प्रस्तुतिले कार्यक्रमको माहोललाई थप रौनकता बढाएको थियो । कार्यक्रम स्थानिय समयअनुसार बिहान ११बजे देखि बेलुकी ६ बजे सम्म चलेको थियो ।

प्रतिक्रिया