आइतबार, चैत २३ २०७६
काठमाडौं ०८:४१
वासिङटन डिसी 22:56

राष्ट्रिय महिला भलिबलमा न्यू डाइएमण्डद्वारा पुलिस पराजित

इनेप्लिज २०७६ पुष २५ गते १२:२२ मा प्रकाशित

काठमाडौँ, २५ पुस : न्यू डायमण्ड स्पोर्टस् क्लबको आयोजनामा भएको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा न्यू डायमण्डले पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै समूह बी को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । न्यू डायमण्डले पुलिसमाथि २५–१९, २५–२३, १७–२५, १६–२५ र १५–६ को जित निकाल्यो ।

समूह चरणको अन्तिम खेलमा पराजित बनेको पुलिस पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताको विजेता टोलीले रु चार लाख १०१ तथा उपविजेताले रु तीन लाख १०१ प्राप्त गर्नेछ । त्यसैगरी तेस्रो स्थान हासिल गर्ने टोलीले रु एक लाख ५१ हजार १०१ तथा चौथोले रु ५१ हजार १०१ पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु २१ हजार १०० पाउनेछन् भने व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही रु सात हजार १०१ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया