युक्रेनको दुर्घटनामा परेको विमानमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटियोः क्यानाडियन प्रधान मन्त्रि जस्टिन ट्रुडो

इनेप्लिज २०७६ पुष २५ गते १:५४ मा प्रकाशित

 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनियन विमानमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटिएको बताएका छन्। प्रधानमन्त्री ट्रुडोले पत्रकार भेटघाटको क्रममा ‘ युक्रेनियन विमानमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटिएको बताएका छन् ।

उनले ,हामीले क्यानडाका सहयोगी साथै हाम्रै उच्च श्रोतहरुबाट यो जानकारी पाएका बताए । ट्रुडोले ६३ क्यानडेली नागरिकको मृत्यु हुने गरी भएको युक्रेनियन विमान दुर्घटनाको कारण इरानी क्षेप्यास्त्र हो। क्यानडासँग प्रश्न छ र हामी उत्तर चाहन्छौं।’ भनेका छन् ।

गत बुधबार बिहानै तेहरानबाट युक्रेनियनको राजधानी उडेको विमान उड्ना साथ दुर्घटनामा परेको थियो । दुर्घटनापछि बोइङ ७३७ विमानमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको थियो।

उक्त दुर्घटनामा परेको विमानमा १७६ यात्रुसहित ९ जना चालक दलका सदस्य रहेका थिए। दुर्घटनामा इरानका ८२ नागरिकको मृत्यु भएको थियो भने क्यानडाका ६३ जनाको मृत्यु भएको थियो। यस्तै ११ युक्रेन, १० स्वीडेन, ४ अफगान, ३ जर्मन र ३ वेलायती नागरिकको मृत्यु भएको थियो।

ईरानले ब्ल्याक बक्स (त्यस्तो उपकरणहरू जुन उडानको समयमा विमानको कार्यसम्पादन बारे सूचना अभिलेख गर्छ )अध्ययन गर्न दिने भएको छ भने ईरानले त्यही खराब भएको कार विमान दुर्घटनामा परेको बताएको थियो।

तस्बिर :याहु न्युज अस्ट्रेलिया

प्रतिक्रिया