हेटौडामा छैटौ स्व.माधबराज सुमार्गीकप क्रिकेट प्रतियोगीता हुदै

इनेप्लिज २०७६ पुष २४ गते ११:२७ मा प्रकाशित

हेटौडामा छैटौ स्व माधबराज सुमार्गी टि टवान्टी क्रिकेट कप प्रतियोगीता आयोजना हुने भएको छ । ३ नम्बर प्रदेश स्थरीय प्रतियोगीतामा ८ वटा टिमले सहभागीता जनाउने भएकाछन् । बिहिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मकवानपुर क्रिकेट संघले छैटौ र सातौ प्रतियोगीताको लागी प्रायोजक हेटौडा एकेडेमी संग २ बर्षे संझौता समेत गरेको छ ।

संझौतापत्रमा हेटौडा एकेडेमीको तर्फबाट बिधयालय ब्यबस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गी र मकवानपुर क्रिकेट संका अध्यक्ष बाशुलाल श्रेष्ठले हस्ताक्षर समेत गरेकाछन् । सझौता हस्ताक्षर तथा प्रतियोगीताको बारेमा जानकारी दिदै आयोजक अध्यक्ष श्रेष्ठले अबका बर्ष निरन्तर प्रतियोगीता संचालन गरेर अगाडी बढने बताउनु भयो ।

उहाँले यो बर्षको खेलका लागी ५ लाख रुपैया खर्च लाग्ने समेत बताउनु भयो । प्रतियोगीतालाई सफल पार्न प्रायोजकका रुपमा भुमिका खेल्ने हेटौडा एकेडेमी र संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गीलाई धन्यबाद दिदै आगामी पौष २६ गतेदेखी छैटौ प्रतियोगीता आयोजना गर्न लागेको जानकारी गराउनु भयो । बाहिरी जिल्लाहरुमा पनि क्रिकेटका प्रतियोगीताहरु भैरहेका कारण यो बर्षको फाईनल खेल माघ ४ वा ५ गते खेलाडीहरुको अनुकुल हुनेगरी समपन्न गर्ने समेत उहाँले बताउनु भयो ।

आगामी २ बर्षको लागी प्रतियोगीता प्रायोजन गर्ने सहमती गर्दै क्यान मकवानपुरका संस्थापक अध्यक्ष एबं हेटौडा एकेडेमीका बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुमार्गीले आफनो बुबा स्व. माधबराज सुमार्गीको नाममा यो प्रतियोगीता आयोजना गर्ने अबसर प्रदान गर्नु भएकोमा आयोजकलाई धन्यबाद दिदै २ बर्षको लागी मात्र संझौता भएपनि २ बर्षपछि फेरी यसलाई निरन्तर आयोजना गर्न आफुहरु तयार रहेको बताउनु भयो ।

मकवानपुरमा क्रिकेट खेललाई अगाडी बढाउन यो प्रतियोगीताले भुमिका खेल्ने समेत उहाँले बताउनु भयो । प्रतियोगीतामा पहिलो पाईला शिशु स्याहार केन्द्रकी संचालीका अंकीता सुमार्गीले खेलाडीहरुलाई ग्राउण्डमै पहिलो पाईलाको तर्फबाट खाना खुवाउने ब्यबस्था गरेको बताउनु भयो । पत्रकार सम्मेलनमा मकवानपुर क्रिकेट संघका सचिब दिपेन्द्र ढकाल,प्रतियोगीता संयोजक एबं क्रिकेट संघ प्रदेश कमिटिका उपाध्यक्ष प्रेम बहादुर क्षेत्री,जिल्ला सदस्य बिनोद प्रधान,जिल्ला उपाध्यक्ष एब्ं केन्द्रि सदस्य करण महत्रा लगाएतले यो बर्ष २ र ३ नम्बर प्रदेशका ६ जिल्लालाई मात्र समेट्न सफल भएको र आगामी बर्षमा अन्य प्रदेशहरुका जिल्लाहरुलाई पनि समेट्न लागीपर्ने बताउनु भयो । प्रतियोगीतामा प्रथमहुने टिमले नगद ४० हजार शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने दितिय हुने टिमले २० हजार नगत शिल्ड प्रमाणपत्र प्राप्त गर्ने जिल्ला अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगीताको पहिलो खेल आगामी २६ गते बिहान ८.३० बजे महाबिर कल्ब मकवानपुर र मकवानपुर क्रिकेट एकेडेमी बिच हुने आयोजकले बताएको छ । प्रतियोगीताको ए समुहमा महाबिर कलब हेटौडा,मकवानपुर क्रिकेट एकेडेमी,मकवानपुर क्रिकेट कलब, र कलैया क्रिकेट रहेकाछन भने बि समुहमा युनाईटेड क्रिकेट कलब पर्सा,नुवाकोट क्रिकेट कलब नुवाकोट,चित्तवन क्रिकेट कलब चित्तवन र नेक्सस क्रिकेट एकेडेमी रहेकाछन् । यो बर्षको खेल हेटौडाको हुप्राचौरमा हुनेछ भने दोश्रो बर्षदेखी प्रयोजक हेटौडा एकेडेमी मैदानमा आयोजना हुने संझौतापत्रमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया