राजकुमार ह्यारी र मेघन मार्कल “शाही परिवारको वरिष्ठ सदस्यको रूपमा पछि हटेको” घोषणा

इनेप्लिज २०७६ पुष २४ गते ३:११ मा प्रकाशित

महारानी एलिजाबेथले उनका नाति राजकुमार ह्यारी र उनकी श्रीमती मेघन मार्कलले “शाही परिवारको वरिष्ठ सदस्यको रूपमा पछि हटेको” भन्ने घोषणा प्रति प्रतिक्रिया व्यक्त गरेकी छिन् । ह्यारी र मेघनले “प्रगतिशील नयाँ भूमिका निर्वाह गर्ने” आफ्नो योजना साझा गरेको केही घण्टा पछि, ९३ बर्षिय राजाले वार्तालाप अझै “प्रारम्भिक” चरणमा रहेको बताए ।

“ससेक्सको ड्यूक र डचका साथ छलफल प्रारम्भिक चरणमा छ। हामी फरक दृष्टिकोण राख्नको लागि तिनीहरूको चाहना बुझ्छौं, तर यी जटिल मुद्दाहरू हुन् जसमा काम गर्न समय लिनेछ, बकिमघम राजदरबाको क्वीन्स कार्यालयले बुधवार एक विज्ञप्तिमा उक्त कुरा उल्लेख गरेको छ ।

आफ्नो शाही भूमिकाहरूको पुन: परिभाषाको अतिरिक्त, ह्यारी र मेघनले पनि राजमुकुटबाट आर्थिक रूपमा स्वतन्त्र हुने योजना बनाएका छन् । तिनीहरू उत्तर अमेरिकामा पनि सर्ने योजना बनाइरहेका छन्, जव उनीहरु बेलायतमा हुदैनन तव उनीहरू आफ्नो समय खर्च अमेरिकामा गर्ने छन् ।

श्रोत :याहु,टेलिग्राफ

प्रतिक्रिया