अमेरिका-ईरान युद्ध

यादवराज जोशी २०७६ पुष २३ गते १०:२३ मा प्रकाशित

यादवराज जोशी

ईरानका शक्तिशाली जर्नेल कासेम सुलेमानी अमेरिकी आक्रमणमा शुक्रबार मारिएपछि सुरु भएको अमेरिका ईरानबीचको तनाव युद्ध वा शीत युद्धमा परिणत होला भन्ने निस्चित भैसकेको छैन । सुलेमानीको हत्याको बदला इराकस्थित अमेरिकी सैनिक अखडामा मंगलरबार क्षेप्यास्त्र आक्रमण गरेर ईरानले लिएको छ । राजनीति परिदृश्यले ईरान अब केही दिन शान्त बस्ने छ । अर्थात अमेरिकले लिने रणनीति हेर्नेछ ।

युद्ध यहि समाप्त हुन पनि सक्छ । अझ भयंकर हुन पनि सक्छ। तर यो सबै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिने निर्णयमा भर पर्नेछ । ईराकस्थित अमेरिकी अखडामा क्षेप्यास्त्र हानेर ईरानले सुलेमानीको हत्याको त्यो नै ठूलो जवाफ भएको संकेत दिई सकेको छ । अब ट्रम्प केवल ट्विटमा व्यस्त रहे । वा ट्वीटमै अमेरिकाको विजय घोषणा गरेसम्म पनि ईरान शान्त नै रहनेछ । उनले ईरानविरुद्ध आक्रमण आदेश दिएमा मात्र युद्ध सुरु हुनेछ ।

राष्ट्रपति ट्रम्प शान्त भएमा सुलेमानीको हत्याले मध्यपूर्वमा केही साना साना घटना जन्माउने छ । युद्धको अवस्था नै नआउने राजनीतिक विश्लेषक बताउछन् । तर ट्रम्प शान्त हुने सम्भावना क्षिण रहेको फक्स न्यूजका राजनीतिक विश्लेषक सिन हानेटी बताउछन् । “ट्रम्पले ईरानको तेल कुवा र परमाणु केन्द्रमा आक्रमण गर्ने सम्भावना देख्छन हानेटी । यसरी युद्ध सुरु भएमा यो ईराक युद्धभन्दा निकै भयावह हुनेछ ।”

राष्ट्रपति ट्रम्पले ईरानको ५२ स्थानलाई निशाना बनाएर आक्रमण गर्ने चेतावनी दिइसकेका छन् । ति स्थान पुरातत्विक महत्वका स्थान हुन । यो ५२ को अंकलाई सन् १९७९ मा ईरानमा बन्दी बनाइएका ५२ अमेरिकी नागरिकको संख्याको उपमा दिइएको छ । तर, पुरातत्विक क्षेत्रलाई लक्षित गर्नु अन्तराष्ट्रिय कानुन विपरित हुन जान्छ । ट्रम्पले यस्तो गर्ने छैनन । यो उनको धम्की मात्र हुनेछ । अमेरिकी आक्रमण ईरानी तेल कुवा र परमाणु केन्द्रमा केन्द्रित रहनेछ ।

अमेरिकाले ईानमाथि आक्रमण गरेमा ईरानको रिभुलुस्नरी फोर्सपनि चुप लागेर बस्ने छैन । मध्यपूर्वका अमेरिकी अखडा र अमेरिकी मीत्रहरु आक्रमणको चपेटामा पर्नेछन् । ईरानसंग छोटो र मध्यम दुरीको क्षेप्यास्त्र छन् । यि क्षेप्यास्त्रले क्रमशः एक हजार किलोमटिर र तीनहजार किलोमटिरसम्म प्रहार गर्न सक्छन । यसले सम्पूण मध्यपूर्वलाई निशाना बनाउन सक्छ । युद्ध भएका पहिलो निसानामा साउदी अरब र ईराकस्थित अमेरिकी सैनिक अखडा हुने संकेत ईरानले दिईसकेको छ ।

विश्वकै शक्तिशाली सेनासंग ईरान लामो युद्ध गर्न चाहदैन । तर अमेरिकाले युद्धमा तानेमा पछाडी हटने छैन । विश्लेषक एलेक्स वाईड भन्छन, “अमेरिका ईरान युद्ध निकै भयानक र रक्तपातमय हुनेछ । ईरानले मध्यपूर्वमा छापामार युद्ध र विश्वभरी भिन्न भिन्न प्रकारको आतंककारी क्रियाकलाप गर्नेछ । ईरान अमेरिका युद्ध ईराक युद्धभन्दा निकै ठूलो हुनेछ तर यसको राण्नीतिक लाभ अमेरिकाको लागि निकै सानो हुनेछ ।”

राजनीतिक विश्लेषकहरु भन्छन राष्ट्रपति ट्रम्पले बुद्धिमतापूर्ण निर्णय लिनेछन् । उनीहरु सन् २०१७ मा उत्तर कोरिया र गत वर्ष जुनमा ईरानसंग युद्ध घोषणाबाट पछि हटे जस्तै ट्रम्प पछि हटनेमा विश्वास गर्छन । तर केही विश्लेषक अमेरिकाले मंगलबारको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने ठान्छन । अमेरिकी रक्षा मन्त्रालयसंग नजिक ति विश्लेषक भन्छन, “सुलेमानीको हत्या ट्रम्पको एकल निर्णय थियो । अब पनि ट्रम्पले परिणामको चिन्ता नगरी युद्ध घोषणा गर्न सक्छन ।”

ह्वाईट हाउसबाट आएका संकेतले अमेरिका ईरानसंग युद्धमा जाने नै देखाउछ । तर अझै भिषण युद्ध टर्न सक्ने सम्भावना अझै मरेको छैन । राष्ट्रपति ट्रम्पले बुधबार बिहान राट्रको नाममा सम्बोधन गर्दैछन् । सुनौ उनी के भन्छन् ।

स्रोतः अमेरिकी मिडियाहरु
तस्बीरः गुगल खोज

प्रतिक्रिया