फ्रान्समा नेपाली जनसम्पर्क समितिले ४४ वौं राष्ट्रिय मेलमिलाप दिवस तथा चियापान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ पुष २२ गते ११:३८ मा प्रकाशित

नेपाली जनसम्पर्क समितिले ४४ वौं राष्ट्रिय मेलमिलाप दिवस तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । ५ जनवरी आइतारको दिन फ्रान्सको औबर्भिलीय सहरस्थित कामरान रेस्टुराँमा सम्पन्न उक्त कार्यक्रममा फ्रान्समा जारि यातायात हड्तालका बावजुद पनि उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो। २०३३ साल पौष १६ गते नेपाली कांग्रेसका नेता बिश्वेस्वर प्रसाद कोइराला ८ बर्ष भारतको निर्वासन बाट राष्ट्रिय मेलमिलाप नीति सहित नेपाल फर्किएको उक्त दिनको सम्झनामा मनाइदै आएको मेलमिलाप दिवसमाको कार्यक्रममा अंग्रेजी नयाँ बर्षको शुभकामना पनि आदान प्रदान गरिएको थियो । चियापान कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष सुधिर रानाले गर्नु भएको थियो । नेपाली राजदुताबास फ्रान्सका महामहिम राजदुत दिपक अधिकारीको प्रमुख अथित्यतामा सम्पन्न कार्यक्रममा फ्रान्स स्थित क्रियाशील सबै सामाजिक संग संस्थाका अध्यक्ष, प्रतिनिधिले शुभकामना मन्तब्य राख्नु भएको थियो ।जननेता बि. पी.को फोटो अगाडी दियो बालेर उधघाटन गरिएको कार्यक्रममा जनसम्पर्क समितिका उपाध्यक्ष इन्द्र बस्नेतले स्वागत मन्तब्य राख्नु भएको थियो । प्रमुख अतिथि महामहिम अधिकारीले बि. पी. राजनेता मात्र नभई कुशल साहित्यकार पनि भएको र उहाँको साहित्य नेपाली समाज परिवर्तनमा भूमिका खेलेको कुरा प्रकास पर्नुभएको थियो ।

कार्यक्रममा बक्ताहरुले बि पी ले लिनुभएको नीति आजको दिनमा पनि उपयोगी रहेको र राष्ट्र संकटमा परेको बेला आन्तरिक शक्तिहरु को एकताको विकल्प नरहेको कुरा राख्नु भएको थियो । मन्तब्य राख्ने क्रममा जनसम्पर्क समिति फ्रान्सका संरक्षक किरण चन्द्र प्रधान , संस्थापक अध्यक्ष निर्मल अर्याल , समितिका सल्लाहकार सुवर्ण हमाल , एन. आर. एन. ए. फ्रान्सका अध्यक्ष नरेन्द्र शाही, एन. आर. एन. ए. फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल ,प्रवासी नेपाली एकता मंचका अध्यक्ष भक्त वाग्ले , तमु समाजका उपाध्यक्ष लव्सन गुरुङ , गोर्खा समाजका उपाध्यक्ष रामेश्वर श्रेष्ठ, मगर समाज फ्रान्स, अध्यक्ष रमेश थापा, नेपाली रक्तदाता संघ फ़्रान्सका अध्यक्ष अनीश त्रिपाठी, पाकोफ़ेन फ़्रान्सकी अध्यक्ष सुमित्रा प्रधान लगायतका बक्ताहरुले बि पी को नेपाली राजनीतिमा रहेको योगदानको चर्चा गर्नुभएको थियो ।

जनसम्पर्क समीत फ्रान्सका महामन्त्री कमल बिक्रम के. सी. द्वारा संचालित कार्यक्रममा जनसम्पर्क समितिले २०१९ मा नेपालमा शिक्षाको क्षेत्रमा गरेको सहयोगको जनाकारी सहित २०२० मा चेपांग बस्तीको बिद्यालयमा केहि थान कम्प्युटर र प्रिन्टर सहयोग गर्ने योजना घोसणा गरिएको थियो । साथै समितिको पूर्णताको लागि सुजन राज भट्ट र बिराज मल्ललाइ कार्यसमिति सदस्य मनोनयन पत्र संगै स्वागत गरिएको थियो । कार्यक्रमको अन्त्यमा स्वादिस्ट समोसा, चियाको लागि र हल उपलब्ध गरिदिएकोमा कामरान रेस्टुराँलाइ धन्यवाद दिदै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई सभापतिले धन्यबाद दिए संगै कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया