नेपालको विकास संभव छ तर राजनीतिक क्षेत्र नै बाधक देखिन्छः ज्यो. सुवेदी

इनेप्लिज २०७६ पुष २२ गते ११:२५ मा प्रकाशित

न्यूज टिम, पुस २२, काठमाडौं । समय समयमा विभिन्न सन्दर्भमा विशेष खालका भविष्यवाणी गर्दै आएका र उनले गर्ने गरेका भविष्यवाणीहरू पुग्दै आएकोले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै चर्चित हुनपुगेका ज्योतिषी दीपक सुवेदीले ई.सं. २०२० विश्वव्यापि रूपमा कस्तो रहनसक्ने छ भन्ने विषयमा लाईफलाईन मिडिया र न्यूज टिम्लाई एक सनसनीपूर्ण अन्तर्वार्ता दिएका छन् ।

सन २०२० विश्वव्यापि रूपमै प्रमुख व्यक्तिहरूको लागि खतरा रहेको उनको भनाई छ भने नेपालमा पनि राज्यका प्रमुख व्यक्तिको लागि कष्टकर देखिएको उनको तर्क छ । आगजनी, जलथल र आकाशमार्गका दुर्घटना, आगजनी, राजनीतिक विद्रोह, वैचारिक द्वन्द, षड्यन्त्रकारी शितयुद्ध, महामारी रोगको संक्रमण, दैवीविपत्ति आदिको खतरा रहेको उनले बताएका छन् । ज्योतिषीय तर्क दिँदै नेपालमा विकासका सम्भावनाहरू धेरै भएको तर वर्तमानको राजनीतिक क्षेत्रबाट त्यो सम्भवन हुन नसक्ने अन्तर्वार्ताको क्रममा उनले बताएका छन् ।

गणतान्त्रिक व्यवस्था लागू भइसकेको सन्दर्भमा अब पनि राजतन्त्र फर्कन्छ भन्ने विषयमा पनि उनले कुनै पनि राजनीतिक परिवर्तन असम्भव नहुने बताएका छन् । उनको भनाईमा राजसंस्था पुनर्वाहलीको लागि ऐलेको समय गोल्डेन टाइम रहेको तर राजावादीहरूको अन्तर्द्वन्दको कारण राजसंस्थाको लागि घात भइरहेको ज्यो. सुवेदीको लजिक छ । लाईफलाईन मिडिया र न्यूज टिमको संयुक्त प्रस्तुतिलाई ज्यो. सुवेदीले दिएको अन्तर्वार्ता जस्ताको तस्तै तपाईले तलको भिडियोमा हेर्नसक्नु हुन्छ । ज्यो. सुवेदीले बताउँदै आएका भनाईहरू मिडियालाई समय समयमा प्राप्त हुँदै आएका हुन् । उनको भविष्यवाणी मिल्दै गइरहेको बुझिएको छ । यस पटकको उनको ज्योतिषीय विश्लेषण पनि आमनागरिक समक्ष राखिएको छ ।

प्रतिक्रिया