अमेरिकी परिवार माथि मेक्सिकन राजमार्गको कुख्यात क्षेत्रमा आक्रमणमा हुँदा एकको मृत्यु

इनेप्लिज २०७६ पुष २२ गते २:४८ मा प्रकाशित

अमेरिकी परिवार माथि मेक्सिकन राजमार्गको कुख्यात क्षेत्रमा आक्रमण हुँदा एकको मृत्यु भएको छ । अमेरिकाको टेक्सस राज्यको सिमा क्षेत्रमा आक्रमणमा एक जनाको मृत्यु हुनुको साथै ४ जना नातेदार घाइते भएका छन् ।

गत जनवरी ४ शनिबार राती दुई वटा सवारी साधनमा यात्रा गरि रहेको अवस्थामा दुई पथ (लेन)भएको अमेरिका मेक्सिकोको सिमा क्षेत्रको राजमार्गमा उक्त घटना भएको हो ।

सवारी साधनमा चढेको आक्रमणकारीले परिवारसाथ हिडेको सवारी साधन गाडी अगाडी बढेर गएको ठोक्याए पछि बन्दुक अन्धाधुन्ध चलाएका थिए । एकै परिवारका मानिसहरु घाइते भएका थिए भने उनीहरुको गाडी ओक्लाहोमा दर्ता संख्या रहेको बुझिएको छ । बन्धुकधारी अर्को गाडीमा भागेका थिए ।

घाइते हुनेहरूमा एक १० वर्षीय नातेदार पनि थिए। प्रारम्भमा नजीकको सानो शहरको अस्पतालमा सारिए पछि सबैलाई मोन्टेरेको अस्पताल लगिएको थियो । जनवरी ६ सोमबारक दिन नुवेभो लियोन राज्यका अभियोगपक्षका वकीलको कार्यालयका सहायक लुइस ओरोस्कोले ५० बर्षिय मानिसको साथमा रहेका बालकको अवस्था पनि गम्भीर रहेको जनाएका छन् ।

तर ४२ बर्षीय महिला को अवस्था स्थिर रहेको बताएका छन् । उक्त परिवार मध्य मेक्सिकोको सान लुइस पोटोसिबाट आफ्नो छुट्टी मनाएर अमेरिका फर्कने क्रममा आक्रमण भएको हो ।

किन यो परिवार अन्धकार पछि पनि त्यस्तो खतरनाक राजमार्गमा यात्रा गरेका थिए भन्ने अझ पनि स्पष्ट भएको छैन भनि एपीले समाचार लेखेको छ ।

तस्बिर :एमएसएन 

प्रतिक्रिया