अष्ट्रेलियाको सिड्नीमा माघी फेस्टीवल २०२० को आयोजना हुने

इनेप्लिज २०७६ पुष २० गते २०:४३ मा प्रकाशित

रकडेल । अष्ट्रेलिया

थारु सोसाइटी सिड्नी अष्ट्रेलियाले यही जनवरी १५ बुधवारको दिन अर्थात् माघ १ गते माघी पर्व(माघी फेस्टीवल २०२०)आयोजना गर्ने भएको छ ।थारु समुदायको साथमा अन्य नेपाली जनसमुदायकाे बाक्लो बसोबास रहेको सिड्नी स्थित टेम्पे पार्कमा यस कार्यक्रमको आयोजना हुने आयोजकले जनाएको छ ।

मकर संक्रान्तीसमेत भनिने यस चाडं लाई नेपालमा छरिएर रहेका सम्पूणं थारू समुदायका धार्मीक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताहरू संग यो पर्व जोडिएको छ ।

कार्यक्रममा थारु समुदायको पूर्व मेची देखि पश्चिम महाकाली सम्मको कला,सँस्कृति झल्कने पहिरन, परम्परागत खाद्य-परिकारहरुको व्यवस्था गरिने तथा थारु कलाकारहरुले आफ्नै भाषाका गीतहरूमा नृत्य पस्किने, स्थानिय कलाकारहरू द्बरा बिबिध मनोरंन्जनात्मक प्रस्तुतिहरू प्रदान गरीने, साथमा सिड्नीका प्रख्यात डिजे नटकेसले सवैलाई संगितमा झुमाउने लगायतका कार्यक्रमहरू रहेकाे यस कार्यक्रममा फ़ोटोग्राफ़र पाट्नर समेत रहेको अरूण फ़ोटोग्राफ़ीका अरूण आर्यन चौधरीले जानकारी गराउनु भयो ।

अष्ट्रेलियामा रहेका थारु समुदायको दोस्रो संस्करणात्मक यो कार्यक्रमले नेपाली समुदायमा माया, सद्भाव र एकताको भावना जगाउने धारणा थारु अगुवाहरुको ब्यक्त गरेका छन् ।साथमा शीघ्र नयॉ कार्यक्रमहरूको बारेमा संस्थाले सबैलाई जानकारी गराउने पनि जनाईएको छ ।

 

प्रतिक्रिया