पपगायक सुजन ढकालको नयाँ गीत ‘तिम्रो चन्चले चुलबुले’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

इनेप्लिज २०७६ पुष २० गते १३:५१ मा प्रकाशित

 

सुजनकै शब्द र संगीत रहेको गीतमा गायिका स्मृति पोखरेलले उनलाई स्वरमा साथ दिएकी छिन । लन्डनको रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा हट मोडेल नायिका एबम गायिका स्मृति पोखरेल र कुमुद पन्त फिचर्ड छन।

गुणदेव घिमिरेको क्यामेरा र माधव बेलबासेको सम्पादन रहेको भिडियोमा स्मृति र कुमुदको निर्देशन रहेको छ ।गायिका स्मृतीको यसअघि धेरै गीतहरुको बिदेशका धेरै ठाउहरुमा शुट गरिएको म्युजिक भिडियोहरु आइसकेका छन भने पप गायक सुजन ढकालको डेप्थ एल्बमको साथै धेरै गीतहरु बजारमा आइसकेका छन । ‘तिम्रो चन्चले चुलबुले’ भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युब मार्फत रिलिज गरिएको हो ।

प्रतिक्रिया