नागोयामा नायिका सुमी मोक्तानले आफ्नो प्रस्तुति दिदै

इनेप्लिज २०७६ पुष १८ गते ०:४३ मा प्रकाशित

नयाँ वर्ष २०२०को उपलक्ष्यमा आउँदो जनवरी ४ तारिख का दिन लास्सो एभ्रेष्ट ईन्टरनेशनलको आयोजनामा “सरौतो फिल्मीएंड म्युजिकल कन्सर्ट” हुने भएको छ ।

यसै कार्यक्रममा सहभागी हुन् डिसेम्बर ३१ तारिखका दिन नायिका सुमी मोक्तान जापान आइसकेकी छिन् । नायिका सुमीलाई गायकएवम उक्त कार्यक्रमका संयोजक राजिव लामा र अन्य व्यक्तिहरुले स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा अभिनेता तथा नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा, सुमी मोक्तान र समिर तिमिल्सिनाको समेत प्रस्तुति रहने छ।

यो कार्यक्रम संगै नेपालमा भब्य रुपमा प्रदर्शन गर्न सफल चलचित्र सरौतोको जापानको बिभिन्न्न शहरहरुमा प्रदर्शन हुने भएको छ ।सुन्दरी नायिका सुमी र क्याप्टेन बिजय लामासंगै चलचित्र हेर्ने अवसर जापानबासी नेपालीहरुले पाउने छन् ,यो अवसरलाई नगुमाउनु हुनकार्यक्रम संयोजक राजिव लामाले अनुरोध गरेका छन ।

प्रतिक्रिया