एनआरएन अस्ट्रियाको भ्रमण वर्ष २०२० भियनामा भव्य प्रचारप्रसार

बाबा राजेश्वरी थापा इनेप्लिजका लागि भियना, अस्ट्रियाबाट २०७६ पुष १५ गते २२:३३ मा प्रकाशित

गैर आवासिय नेपाली संघ, भ्रमण वर्ष २०२० लाई सफल र सशक्त बनाउन सकृयरुपमा लागेको छ। केही समय अघि मात्रै निर्वाचित कार्यसमितिको एउटा कोशे ढुंगा पनि हो भ्रमण वर्ष २०२० किनकी भ्रमण वर्ष २०२० मा यस कार्यसमितिले देखाउने कामकारवाही गैर आवासिय नेपाली संघको भविष्यमा एउटा महत्वपुर्ण भुमिका खेल्नेछ।

गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रीय परिषदले निकै छोटो दिएको छोटो निर्देशनमा आज भियनाको पुरानो गिर्जाघर स्टोफन्सडोमबाट गैर आवासिय नेपाली संघ अस्ट्रियाले निकै आकर्षक र सफलरुपमा भ्रमण वर्ष २०२० को प्रचारप्रसार कार्यक्रमको शुरुवात गरी एउटा इतिहास रच्यो । झण्डै ७२ घण्टाको समयलाई सदुपयोग गरी कार्यक्रममा थुप्रै विदेशी पर्यटकहरुको हातमा भ्रमण वर्ष २०२० को पर्चा थमाउन गैर आवासिय नेपाली संघ, अस्ट्रियाका पदाधिकारीहरु सफल भए। उहांहरुले प्रदर्शन गरेको नेपालका पर्यटकीय पोस्टरहरुले धेरै विदेशीहरुलाई ध्यानाकर्षण गरेको थियो भने कतिपय विदेशीहरु आफ्नो चासो र भावी यात्राको तय गर्न पदाधिकारीहरुसंग आफ्नो कौतुहलता मेटाउनमा व्यस्त देखिन्थे।

यस अनौपचारिक कार्यक्रम संघका पूर्व आईसीसी सदस्य श्री रविचन्द्र भट्टराई र पूर्व अध्यक्ष श्री धर्मराज खतिवडा, अध्यक्ष श्री विनोद चौलागाईं, समाजसेवी श्री डि.आर. नेपाल, युवा संयोजक श्री दिनेश बैदावार

  महिला सह-कोअर्डिनेटर श्रीमती एलिजा श्रेष्ठ, सचिव श्रीमती निमा लामा श्रेष्ठ र सदस्यहरु श्रीमती प्रतिभा कार्की ‘श्रेया’ र श्री लोक बहादुर श्रेष्ठ को उपस्थिति थियो ।

सकृय महिला समाजसेवी श्रीमती निता चौलागाईं, सुश्री निहारिका खड्का, श्री एलोन श्रेष्ठ, श्री जोयल श्रेष्ठ र श्रीमती अनिता श्रेष्ठ, श्री भुवन श्रेष्ठ र श्रीमती एलिना गुरुङ्ग लगायतका एनआरएनप्रेमीहरुको उपस्थिति थियो।

स्टेफन्सडोम भियनाको सार्है सुन्दर र पुरानो गिर्जाघर हो जना हरेक वर्ष नयां वर्ष मनाउन हजारौको संख्यामा मानिसहरु भेला हुने गर्दैछ र यही महत्वपुर्ण ठाउलाई आफ्नो गन्तव्य बनाएर गैर आवासिय नेपाली संघ अस्ट्रियाले भ्रमण वर्ष २०२० को प्रचारप्रसार शुरु गरेको थियो।

बाबा राजेश्वरी थापा
इनेप्लिजका लागि भियना, अस्ट्रियाबाट

प्रतिक्रिया