बुधबार, चैत २६ २०७६
काठमाडौं ०८:१९
वासिङटन डिसी 22:34

फेयरफ्याक्स भर्जिनियामा गोली चल्दा दाजुको मृत्यु र भाई घाइते

इनेप्लिज २०७६ पुष १५ गते १:३५ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टी अन्तर्गत अलेकजेनड्रियामा बिहान भएको गोली काण्डमा दाजुको मृत्यु र भाई घाइते भएका छन् । २० बर्षिय दाजुको निधन भएको छ भने उनका कान्छा भाई घाइते भएकोले अस्पताल भर्ना गरिएको फेयरफ्याक्स प्रहरीले जनाएको छ ।

डिसेम्बर ३० सोमबारका दिन बिहान २:३० मिनेटमा प्रहरीलाई उक्त घटना भएको स्थानमा बोलाइएको जनाएका छन् । २० बर्षिय मृतकको नाम जेडेन क्विक भएको र उनि घर भित्र मृत अवस्थामा फेला परेका थिए ।

मृतकका भाई १८ बर्षिय क्याम्रेन क्विक भवन बाहिर घाइते अवस्थामा फेला परेका थिए । हाल उनको हाल गम्भीर अवस्था नरहेको प्रहरीले जनाएका छन् । जासुसका अनुसार यो घटना अचानक भएको र घटना बारेमा अनुसन्धान भै रहेको समाचार एनबिसि४ वाशिंगटनले प्रकाशित गरेको छ ।

तस्बिर कृतज्ञता : एनबिसि४ वाशिंगटन

प्रतिक्रिया