“द” विन्टर फेस्ट २०१९ सिजन -२ सम्पन्न

इनेप्लिज २०७६ पुष १४ गते ११:५७ मा प्रकाशित

काठमाडौ / एल एंड एन मोडेल एजेन्सीले “द” विन्टर फेस्ट २०१९ को आफ्नो दोस्रो संस्करण कार्यक्रम सनिबार भव्यताका साथ काठमाडौँ मा राम्रो तरिकाले आफ्नै देशमा उत्पादित पश्मिना एबम बिभिन्न आकर्षक पहिरनहरुको ड्रेसहरु लाइ फेशन शो मार्फत प्रस्तुत गरेर सम्पन्न गरेका छन् ।

उक्त कार्यक्रम नेपाल पश्मेना संघ र बर्तमान अद्यक्ष दुर्गा थापा, नेपाल डेन्टल संघ क़ा बर्तमान अद्यक्ष डाक्टर प्रबिन्द्र अधिकारी, नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक धिरज राइ, गायक कमल खत्री र नायक यश राज ले दिप प्रज्वलन गरि कार्यक्रम को सुरुवात गर्नु भएको थियो । कार्यक्रम डिसेम्बर २८ मा काठमाडौँ को कमलादी स्थित काठमाडौँ प्लाजा ५औ तल्लाको राज घराना मा २४ जना महिला एबम पुरुष मोडेलहरु ले रयाप -वाक गरेका थिए ।

उक्त कार्यक्रम मा नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक धिरज राइ, गायक कमल खत्री त्यसै गरि नेपाल आइडल बाट ख्याती प्राप्त अमित बराल र भ्योईस अफ नेपाल बाट ख्याती प्राप्त रीत राना मगर को बेजोड प्रस्तुति , तेञ्जिङ्ग लामा र मोडेल रशु हमालको नृत्य प्रतुती ले गर्दा ३५० जना भन्दा बढीले उक्त कार्यक्रममा आफ्नो सहभागिता  थियो भनि आयोजक नितिन कर्ण (कायस्थ) ले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घोषण (मिस शेर्पा २०१७)सोनाम डोल्मा ले गरेकी थिइन् ।

प्रतिक्रिया