क्यानेडियन नेवाः गुठि द्वारा ” योमर्हि पुन्हि तथा नारायण गोपाल स्मॄती साँझ” कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ पुष १४ गते ०:१९ मा प्रकाशित

टोरोन्टो, क्यानेडियन नेवाः गुठिले ” योमर्हि पुन्हि तथा नारायण गोपाल स्मॄती साँझ” हालै बिबिध कार्यक्रमको साथ मिसिसागा स्थित प्रीत बंक्वेट हलमा सम्पन्न गरेको छ ।कार्यक्रमको उदघाटन गुठिका अध्यक्ष्य प्रकाश प्रधानले कलात्मक पानसमा दीप प्रज्वलन गरि गरिएको थियो भने आफ्नो मन्तब्यमा उहाँले उपस्थित सबैलाई स्वागत गर्नु भयो ।

उदघाटन कार्यक्रम पस्चात गुथिका युबा संयोजक आयुस्ना श्रेष्ठ तथा अबिस श्रेष्ठ ले योमर्हि पुन्हिको महत्व, उपादेयता तथा नेवाः संस्कॄति सम्बर्द्दनमा युबाहरुको भूमिका बारे पावर प्वाईन्टमा प्रस्तुत गरि सप्रसंग ब्याख्या गरेका थिए । गुठिका महा सचिब बिमल श्रेष्ठले गुथिको कार्यक्रम बारे प्रकाश पार्नुको साथै स्थानिय कलाकार्हरुलाई प्रोत्साहन गर्न सो कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा गुथिका उपाध्यक्ष्य उत्तम माकजुले योमर्हि पुन्हिको सामाजिक, सांस्कृतिक तथा धार्मिक पक्ष बारे बोल्नु हुन्दै योमर्हि पुन्हि को बेलामा टोल टोलमा युबा हरुले समुह बनाई घर घरमा योमर्हि माग्न जाने प्रथा युबा सामाजिकिकरण तथा समुह निर्माणको बलियो पक्ष रहेको बताउनु भयो साथै उहाँले योमर्हि पुन्हिको बेलामा घरमा अबिभाबकहरुले बालबालिकहरुलाई चामलको पिठोको योमर्हिको साथै गणेश, मुसा, कुमार बोका ईत्यादि बनाउन लगाउने प्रक्रिया घर लाई सांस्कृतिक प्रयोगशाला बनाई संस्कॄति प्रबर्द्दन गर्ने अप्रत्यक्ष प्रयास हो भन्नु भयो ।

त्यसपछी गुठिका महिला सदश्यहरु मौसमि ताम्राकार तथा सुमित्रा श्रेष्ठले योमर्हि बनाउने बिधि ब्याख्या गर्दै प्रत्यक्ष्य रुपमा योमर्हि बनाएर देखाएका थिए ।

योमर्हि पुन्हिको औपचारिक कार्यक्रम पछि दोश्रो चरणमा कालजयी गायक नारायण गोपाल को सम्झनामा “नारायण गोपाल स्मॄती साँझ ” संचालन गरिएको थियो ।सो कार्यक्रमका संयोजक गोबिन्द घिमिरेको रमाईलो उदघोषणमा संचालित उक्त कार्यक्रममा नारायण गोपालका बिभिन्न लोकप्रिय गीतहरु स्थानिय कलाकारहरु डा. उद्दब श्रेष्ठ ,मिन्ग्मार शेर्पा, लक्ष्मण मुनिश्रेष्ठ ,गोबिन्द घिमिरे, डा. हरि गुरुंग , गीता पन्त, रोशनि श्रेष्ठ , अमॄत श्रेष्ठ , नरेश ताम्राकार, दीपेन के. सी., युबा गायकहरु निर्बाण श्रेष्ठ , सन्नि सिं, प्रतिक प्रधानले प्रस्तुत गरेका थिए ।

त्यस्तै गरि रंजना सैँजु को सिटार बादन तथा अमर सैँजु, रबिन प्रधान, तारक जोशि, रिकेश श्रेष्ठ ,उत्तम माकजुको बाद्द्यबादनमा नारायण गोपालको “सिरिमा सिरि कान्छि” बोलको गीत को धून प्रस्तुत गरेका थिए भने सोहि समुहले योमर्हि पुन्हिको बेलामा युबाहरुले योमर्हि माग्ने बेलामा गाईने ” त्योछिं त्यो बकुछिं त्यो” गीतको धून पनि प्रस्तुत गरेका थिए । साथै सोहि कार्यक्रममा लसता देसारले नेवाः गीत ” ळिक्क वया जित धाल न्हा” गीतमा आकर्शक नॄत्य प्रस्तुत गरेका थिए । प्रीति भोज पछि सुरेन्द्र लाल श्रेष्ठले नृत्यमय गीत प्रस्तुत गरि सबैलाई नचाएका थिए ।

कार्यक्रमको अन्त्यमा योमर्हि पुन्हि कार्यक्रमका संयोजक बिनोद श्रेष्ठले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण महानुभाबहरुमा धन्यबाद ब्यक्त गर्नु भयो । सो दिन अतिथिहरुलाई योमर्हि खुवाउन गुथिका महिला सदश्यहरु बिहानै देखि योमर्हि बनाउन सक्रिय थिए । सो कार्यक्रम्मा बृहत्तर टोरोन्टो क्षेत्र का नेपाली समुदायको बाक्लो सहभागिता रहेको थियो भने कार्यक्रमको शुरुमा अत्तिथिहरुलाई योमर्हि, चिउरा, छ्वयला, आलु सहितको खाजाले स्वागत गरेका थिए । क्यानडामा पनि नेवाः परिकार योमर्हि खान पाएकोमा अतिथिहरु खुसि देखिन्थे भने पछी कालजयी गायक नारायण गोपालको कर्ण प्रिय गीतहरु ले प्रेक्षालयको बाताबरण नारायण गोपालमय भएको अतिथिहरुले टिप्पणी गरे ।

प्रतिक्रिया