गैर-आवासीय नेपाली संघ, अमेरिकाको सूचना

इनेप्लिज २०७६ पुष १२ गते ११:५६ मा प्रकाशित

 


आदरणिय अमेरिकावासी गैर-आवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,

नमस्कार !

गैर-आवासीय नेपाली संघ, अमेरिका प्रति यहाहरूले प्रदान गर्नु भएको अपार माया, सद्भाव, र सुझावहरूको हामी सदैव उच्च सम्मान गर्दछौँ । बिगतमा देखिएको सदस्यता दर्ता तथा नवीकरण सम्बन्धी समस्याहरूलाई दोहोरिन नदिनका लागी हामी पुर्ण रूपमा सजग र प्रयासरत छौँ । यहॉहरुले सदस्यताका लागी दिनुभएको निवेदन वर्तमान कार्यसमितिले आवस्यक प्रकृया पूरा गरी स्वीकृत गर्ने कार्य गर्दै आइरहेको कुरा जानकारी गराउन चाहन्छौं ।

सदस्यताको लागि आवेदन गर्नु हुने केही महानुभावहरूले सदस्यता शुल्क भुक्तान गर्न बाँकी देखिएको कारण वहाहरूको सदस्यता प्रमाणित गर्न कठिनाई भएको व्यहोरा अवगत गराउन चाहन्छौं । यदि यहाहरूलाई सदस्यता शुल्क भुक्तान गर्ने क्रममा प्राविधिक कठिनाइ भई शुल्क भुक्तान गर्न असमर्थ भएमा वा व्यक्तिगत विवरण भर्ने क्रममा केहि कठिनाई भएमा [email protected] मा Email गर्नहुन वा आईटी कमिटि को-चेयर ददीराम ढुंगाना (571-438-5499) र को-चेयर पदम भण्डारी (718-208-9235) लाई 8:00am – 8:00pm EST मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ ।

यसका साथै यदि तपाईले सदस्यता शुल्क भुक्तानी गरिसक्दा पनि तपाईको प्रोफाईलमा अनपेड देखिएको छैन भने तपाईले शुल्क भुक्तान गरेको पेपलको भुक्तानी रसिद सहित [email protected] मा सम्पर्क गर्नहुन समेत अनुरोध गरिन्छ। साथै एनआरएनए, अमेरिकाको सदस्यता लिन चाहनुहुने महानुभावहरूले NRN NCC USA को वेब पेज मा आफ्नो व्यक्तिगत विवरण भरे लगत्तै पेपल मार्फत सदस्यता शुल्क तिर्न समेत अनुरोध गर्दछौँ ।

भवदीय,

पशुपति पाण्डे
महासचिव
गैर-आवासीय नेपाली संघ, अमेरिका

 

प्रतिक्रिया