गायक सुजन थापाको आधुनिक गीत “ कति पल्ट” बजारमा

इनेप्लिज २०७६ पुष ९ गते २३:४३ मा प्रकाशित

कवि,लेखक तथा गीतकार विकास थापाको शब्द रचना रहेको आधुनिक गीत “ कति पल्ट बाल्न खोजे “ क्रिसमसको शु-आरम्भ सँगै बजारमा आएको छ । बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठको उत्कृष्ट संगीत संयोजन रहेको यस गीतमा गायक सुजन थापाको कर्ण प्रिय स्वर रहेको छ । कवि तथा निर्देशक हेमप्रभासको परिकल्पना तयार भएको यस गीतको म्युजिक भिडियोको छायाँकन देवराज आचार्यले गर्नु भएको हो ।

अकस्टिक नेपालमा रेकडिड्ग गरिएको यो गीतको रेकडिस्ट राजुबाबु थारू हुनुहुन्छ भने अरेन्जिड्ग देवेन्द्र नेवा: को रहेको छ । म्युजिक नेपालबाट बजारमा आएको यो गीत प्रेम , त्याग र समर्पणको एक उत्कृष्ट नमुना गीत बनेको छ । फितौला शब्दहरू राखेर लेखिएका गीतहरूले गर्दा बर्तमान समयमा नेपाली आधुनिक गीतको उचाईलाई निरन्तर घटाई दियो तसर्थ यो गीत भित्र शब्द संयोजन , शब्द चयन , शब्दहरू निक्कै मार्मिक र मर्मस्पर्शी शब्द राखेर लेखिएको गीत हो भन्नुहुन्छ गीतकार बिकास थापा ।

बर्तमान समयमा केही सुस्ताऊन पुगेको सुगम गीत सँगीतलाई यस्तो मर्मस्पर्शी गीतहरूले पक्कै पनि नेपालि सुगम गीत संगतिको फाँटमा थप ऊर्जा , थप हौसला र प्रेरणा दिनेछ । गीत उत्कृष्ट हुनको लागी गीत भित्रको शब्द , संगित र गायन तिनै पक्ष उतिकै उत्कृष्ट हुन जरुरी छ । शब्द , संगित र गायन मध्ये कुनै एक पक्ष मात्र कमजोर भयो भने त्यो गीत कहिल्यै उत्कृष्ट बन्नै सक्दैन भन्नु हुने बरिष्ठ संगितकार सन्तोष श्रेष्ठ यस गीत भित्र यी तिनै पक्ष उत्कृष्ट रहेको बताउनु हुन्छ ।

नव गायकले गाउने भएको हुनाले संगितलाई केही सरल बनाए पनि यो गीतले लिने उचाई उच्च छ र उत्कृष्ट छ ।

प्रतिक्रिया