कस्तो संयोक कल्पना सम्म पनि गर्न गाह्रो -डिग बहादुर तामाङ्ग

इनेप्लिज २०७६ पुष ९ गते १२:५८ मा प्रकाशित

कहिलेकाही कस्तो संयोक पर्न आउँछ भने कल्पना सम्म पनि गर्न गाह्रो पर्छ भनेको । मलाई त्यस्तै भयो दुई बर्ष अघि लि सिल फाउन्डेसन कार्यक्रममा संयुक्त राष्ट्र्संघको भवनभित्र जनाजातीहरुको परम्परागत रीतिरिवाज चालचलन सम्बन्धी हुने गोष्ठीमा विषय बस्तुमा बोल्न पर्ने थियो ।

म्यानहाटनको सेभेन्थ अभिन्यूको इन्टरकन्टिनेन्टल होटेलको हाताभित्र, साइबेरिया, बोत्स्छवाना, अष्ट्रेलियका आदिवासीहरु, अमेजोन जंगलभित्रका २१ वौ शताव्दीमा पनि जन्मिदैको पहिरन लगाउने ,नाङ्गै हिंडने अमेजोन जंगलमा बस्ने ,कोलोम्बियलका जंगलमा बस्ने आफ्नो थुकले चिस्यायेर, सुर्तीको पातको खैनी खाने अलास्काको उत्तरी प्रदेशमा हिउको घरमा बस्ने स्क्यूमाहरु होटेलमा चेक इन अथवा बस्नका लागि फारामहरु भरि रहेको समय थियो ।

म, पनि काउन्टरमा गएर, मेरो नाम भनेर साँचो लिएर विद्युतीय भरेङ तिर लाग्दा म संगै एउटै लिफटमा जापानीहरु, उनिहरु १९ औ तलमा निस्के, म चाहि २५ औ तल्लमा गएर, १९४२ कोठामा पसे ।

सामानहरु थन्क्याएर, तातोपानी र चिसो पानी मिलाएर खोले नुहाए । मिसिल फुकाएर कार्यतालिका पढें । आफ्नो कम्प्यूटर होटेलको इन्टरनेटसंग जोडेर केहि समाचारहरु पढेर सकेपछि, यसो आफनो नारीको घडितिर आँखा लाउंँदा पौने छ बज्न लागेको रहेछ । झ्यालको पर्दा सारेर पूर्वतिर आँखा लगाएँ, पूर्वको नदी माथिबाट म्यान्हाटन र क्वूइन सहरलाई जोडने ,ब्रुकलिन, म्यान्हाटन र वइलिम्बर्ग तीनवटा पूलहरु माथि बलेको बत्ति र गाडिले छरेको प्रकाशले साँझको समयलाई सोह्र श्रंगारले सिंगारिएकी बेहुलीहरु झैं आफनी जवानीलाई प्रर्दशित गरि रहेको झैै देखिन्थ्यो ।

कोठाबाहिराको दक्षिणट्टिको झ्यालबाट आँखा लगाए, क्राइस्लर भवन आफनो एक हजार छयालीस फिट उचाईलाई सेताबत्तिहरुको प्रकाशले सिंगारिएर मस्त जोवानी लेक्सिङटन एभिन्यूमा प्रदर्शन गरि रहेकी थिइन । तल्लोछेउमा पहिलेको विश्वव्यापार केन्द्रमा भने भवनहरुलाई सन २००१ सेप्टेम्बर एक तारिखका विहान आतंकारीहरुले ध्वस्त गरे पछि त्यहि ठाउँको भग्नाशेषमा शान्तीको इमारत भवन खडा गरि मृतात्महरुलाई शान्तीको दियो जलै रहेको भान हुन्थ्यो । म र मेरी हजुर आमालाई लिएर साँझाको खाना खानालाई दुई बत्तिपार गरेर बडेमानको भोजनालयमा पस्यौं ।

खचाखच मानिहरुको हुल थियो हामीहरुलाई आयोजकले यता आउन भनेर टेबल देखाए, त्यहि गएर बस्यौ । होटेलमा भेट भए जति सबैथरिका मानिसहरु त्यहि भोजनलय भित्र थिए जस्तो लाग्यो । मेरो भन्दा पनि झने आँखा चिम्सेदुई जना महिलाहरु पनि हाम्रो टेवलको अगाडिपट्टि भागमा बसेर मलाई पनि उनिहरुकै जात र गाँउबाट आएको होलान भन्ने ठम्याई उनिहरुको बोलीले बोल्न थालिन म परे अक्क नमक्क मैले उनिहरुको प्रश्नको उत्तर दिन नपाउँदै, त्यहाँ काम गर्ने एउटी परिचारिकी आइन र “मे आई टेक अरडर” भनिन् ।

उनले लगाएकी व्याचमा प्रश्न लेखिएको थियो “डोल्मा” सायद तिब्बेतियनहोलान् ठानेर एउटा चिया ल्याउनु होला मलाई भनेर, हाउ एबाउट ड्र्ङिस, सबैले वाइन बियर अडर गरे । मेरो भन्दा नि चिम्से आँखावालीहरुलाई सोधें “के उनिहरु जापानबाट हो” भनेर दोभाषेले भन्यो होइन । कहाँबाट त ? त्यतिकैमा हाम्रो टेबलमा क्यानाडाकी डाक्टर हानानयो पनि थपिन । मेरो प्रश्नहरुको जवाफले मलाई पनि आफनै ठानेकी हजुर आमा चकित परिन । मैले म नेपाली हुँ र अमेरिकामा बस्छु भने । उनले थपिन नेपाल त हिमालायको देश होइन ? मैले हो भने, उनले त्यहाँपनि जाडो खुप होला नि ? उनको अडकल मैले भंग पारि दिए । नेपालमा त टपिकल देखि शितकालीन भूमि हो ,त्यसैले हामी बस्ने ठाउमा त हिँउदमा सिरक पनि ओडनू पर्देन भने पछि चिम्सो आँखाहरु हास्दै झनै चिम्सो पारि हासिन उनि । त्यहा दोभाषे कहिले काँहि त त्रिभाषे पनि चाहिन्थ्यो ।

दोभाषे मार्फन उनले भनिन् “मेरी नाम ल्युडमिला खो मोभना हो म ७४ बर्षकी भएँ, म र मेरी नातीनि उल्ता बंशकी हौ । हामीहरु साखालिन टापुमा बसोबास गर्ने साइबेरियाको पूर्वको भाग हो एकदम चरम विन्दुमा पर्ने देश हो । यसलाई अति पृथक भागमा पर्ने हुनाले जाडो महिनामा माइनस ५० डिग्री सेल्सियससम्मको तापक्रम झर्छ भनिन् । हामीहरु खुशीसंग बाँच्नका लागि, आध्यात्म शक्तिको प्रयोगले, हाम्रो आफनैखाले मौलिक बाजाहरु पनि छन् भोलि देखाउला । हामीहरु खाना खाएर आफनो कोठामा पस्यौं ।

भोलिपल्ट सबैले आफनो आदीवासी रितीरिवाजहरु देखाउने समयमा हिजोको साइबेरियान हजुरआमाले हाम्रो नेपालमा पनि बजाइने मुरचुङ्ग, तामाङ्गहरुले बजाउने जस्तै डम्फू बजाएर सुनाइन । बोत्स्वानाका फिरन्तेहरुले स्याललाई पासो थाप्ने सामानहरु, जंगलमा हामीहरुले खेल्ने डन्डीविँयो जस्तै गरि खेल्ने काठको सामान देखाए । जापानबाट आएका ८४ बर्षिय मारशल आर्ट एकैचोटि सातजना ठिटाठिटीहरुलाई पछारे देखाए ।

हाम्री हजुरआमाले् ड्याङ्गरो बजाएर फलाकिन, सारा संसार भरिका प्राचिन समय देखि आदीवासीहरुले बजाँउदै आएका सामानहरुको प्रर्दशनी भयो । केहि समयका लागि संयक्त राष्ट्रसंघको भवन भित्र, हेर्न आउनेहरु थुप्रै थिए । सबै सहभागीहरुको तस्बिरहरु मसंग सुरक्षित छन ।

डिग बहादुर तामाङ्ग, मेरिल्याण्ड, अमेरिका

प्रतिक्रिया