५४ प्रतिशत काम सकिदा यस्तो देखियो पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, २०७८ बैशाखमा जहाज उडाउने तयारी

इनेप्लिज २०७६ पुष ८ गते १२:११ मा प्रकाशित

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम धमाधम भईरहेको छ । अहिलेसम्म करिब ५४ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

हालसम्म फाउन्डेसन, रनवे, ट्याक्सी वे, ह्याङगर, ड्रेन सहितको धेरै भौतिक संरचना निर्माण भएको आयोजना प्रमुख विनेश मुनानकर्मीको भनाई रहेको छ । सन् २०२१ जुलाइ १० भित्र उक्त परियोजना सक्ने गरी हाल पोखरा विमानस्थल निमार्णको काम धमाधम भइरहेको छ । हालसम्म फाउन्डेसन, रनवे, ट्याक्सी वे, ह्याङगर, ड्रेन सहितको धेरै भौतिक संरचना निर्माण भएको मुनाकर्मीको भनाई रहेको छ ।

उहाँका अनुसार विमानस्थलमा १४ वटा भवनहरू मध्य १२ वटा भवन निर्माण कार्य सम्पन्न भएको छ । उहाँका अनुसार टावर भवनको काम धमाधम भइरहेको छ भने कार्यालय भवनको तेस्रो तलाको काम हुँदैछ, टर्मिनल भवनमा छानो छाउने काम करीब आधा सकिएको छ । त्यसैगरी केही भवनमा प्लास्टर गर्ने र झ्याल ढोका राख्ने कामसमेत तीव्र गतिमा हुँदै गरेको प्रमुख मुनानकर्मीले बताउनुभयो ।

चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले ठेक्का लिएको विमानस्थल निर्माण सन् २०१७ नोभेम्बरदेखि सुरू भएको हो । नागरिक उड्डयन प्राधिकरण र निर्माता कम्पनीबीच भएको सम्झौताअनुसार विमानस्थल सन् २०२१ जुलाइसम्ममा तयार भइसक्ने छ ।

प्रतिक्रिया