विश्वका १५ करोड वयस्क अमेरिका आउन चाहन्छन

इनेप्लिज २०७६ पुष ७ गते १:३० मा प्रकाशित

विश्वका सबै राष्ट्रका मानिस अमेरिका आउन चाहन्छन । एक तथ्यांक अनुसार झन्डै १५० मिलियन अर्थात् १५ करोड वयस्कहरु अमेरिका आउन चाहना राख्ने बताएको छ ।

अर्थात् बिश्व कै झन्डै वयस्कहरुको ४ प्रतिसत मानिस अमेरिका बसोबास गर्न चाहने उल्लेख गरेको छ । उक्त संख्या अन्य मुख्य प्रसिद्ध लक्षित ४ देश भन्दा भन्दा अमेरिका जान मन पराउने उल्लेख गरेको छ ।

यदि संयुक्त राज्य अमेरिका जान चाहने सबैजनाको लक्ष्य हुने हो भने अमेरिका(देश)को कुल जनसंख्या लगभग ५० प्रतिसतले वृद्धि हुने थियो। ३ करोड ७० लाख लेटिन अमेरिकीहरु स्थायी रुपले अमेरिका आउन चाहन्छन । उनीहरुका अनुसार अमेरिका बिश्व कै चर्चित र लोकप्रिय राष्ट्र हो भन्ने रहेको छ ।

यसै गरि डोमीनिकन तथा होंडुरसका एक तिहाई जनता अमेरिका आउन चाहन्छन । यसमा छक्क पर्नु पर्ने कुनै कुरा नै छैन ,विश्वको सबैभन्दा ठूलो जनसंख्या भएका देशहरू जस्तै चीन र भारत अमेरिका जान चाहने धेरै मानिसहरू रहेका छन्।

तर उनीहरूको समग्र अमेरिका आउने प्रतिशत भने न्यून छ । ती देशहरूमा १% देखि २% मात्र अमेरिकामा बसाई सराई गर्न चाहन्छन्। तर यसो भन्दै गर्दा तर सबै ठूला देशहरुका लाखौं मानिसहरु यहाँ जानको लागी उत्सुक देखिदैनन । यसको उल्लेखनीय उदाहरणहरू पाकिस्तान र रुस हुन । राजनीति कारण हुन सक्छ किनकि यी देशका मानिसहरू अमेरिकामा जान चाहँदैनन्।

ती देशहरूले संयुक्त राज्य अमेरिकाको नेतृत्वलाई संसारका सबै अन्य देशहरू भन्दा बढी मन पराउँदैनन् । अमेरिकालाई सर्वाधिक मन नपराउने देश रुस हो । तथ्यांकका अनुसार १५ देखि २९ बर्षका मानिसहरु ५६ प्रतिसत संयुक्त राज्य अमेरिकामा बसाई सराई सर्न चाहन्छन । उनीहरु अमेरिका र अन्य लोकप्रिय गन्तव्यहरूमा पनि यस्तै कारणका लागि आकर्षित छन् ।

अमेरिकाले मुख्य दुई चीजले आकर्षण गर्ने पहिलो ,उनीहरुका अमेरिकामा आफ्ना मानिस छन् र दोश्रो उनीहरू राम्रो अवसरको खोजीमा हुन्छन । अमेरिकाको लोकप्रियता यसको प्रवासीहरूको ग्रहणशीलताका कारण पनि हुन सक्छ।

आठ मध्ये दश अमेरिकीले आफू बसेको देश आप्रवासीहरूका लागि राम्रो ठाउँ हो भन्छन् । १४० वटा देशलाई सर्वेक्षण गरिएको मध्ये १६ अन्य देशहरूले मात्र यस मेट्रिक( मापीय)मा अमेरिकालाई सर्वश्रेष्ठ मानेका छन् ।

वास्तवमा भन्ने हो भने ७१ प्रतिसत अमेरिकीहरू आप्रवासन देशको लागि राम्रो चीज हो भन्ने सोच्दछन । र ,२४ प्रतिसत अमेरिकीहरू आप्रवासी बढाउन चाहन्छन् । अमेरिका विश्वभरिबाट असामान्य रूपमा आकर्षक मानिन्छ । सक्ने र प्रवेशआज्ञा पाइने हो भने झन्डै १५ करोड वयस्क अमेरिका बसाई सराई गर्न चाहन्छन ।

ग्यालप बल्गले सर्वेक्षण विधि अद्वितीय रुपमा गरेको छ । ५ लाख ९० हजार संग दुरसंचार प्रणाली(टेलिफोन)तथा आमने सामने (फेस टु फेस )को माध्यम बाट उक्त तथ्यांक संकलन गरेको हो । उनीहरुले १५ देखि माथिका करिव १ सय ५६ राष्ट्रका सन् २०१३ देखि सन् २०१६ सम्म सर्वेक्षणमा समय व्यतित गरेका थिए ।

सर्वेक्षण गरिएका १५६ देशहरूमा विश्वको ९८ प्रतिसत जनसंख्या रहेको छ भनि उक्त सर्वेक्षणमा उल्लेख गरेका छन् । केही बर्ष सम्म करिव ३ हजार देखि ६ हजार सम्म अन्तर्वार्ता गरिएको थियो । भारतमा कूल १२ हजार ,चीनमा १७ हजार र रुसमा ८ हजार मानिससंग अन्तर्वार्ता लिइएको जनाएको छ ।

ग्यालोप बल्गको लागि अनुसन्धानकर्ता तथा लेखक जोन क्लिफटनले उक्त पत्रिका मार्फत जुन २८ ,२०१७ मा लेख प्रकशित गरेका छन । यो त एक सर्वेक्षणले दिएको नतिजा हो । त्यसका अतिरिक्त अन्य थुप्रै कारणले अमेरिकाले सबैलाई मोहनी लगाएको हुन्छ ।

अमेरिका बिश्व कै उदार देश पनि हो । अमेरिका जस्तो ठूलो छाती भएको अन्य मुलुकहरु बिरलै हुन्छन । सपनाको देश अमेरिकामा आफू र आफ्ना परिवार साथ अमेरिका सदाको लागि बसाई सराई गर्ने मानिसहरुको चाहना अझ अत्यधिक रुपमा वृद्धि हुदै गएको छ ।

प्रतिक्रिया